हंसपुरको बामरुकका राज रेग्मी प्र्याङकदेखि युट्युवर

 हंसपुरको बामरुकका राज रेग्मी प्र्याङकदेखि युट्युवर

हिम्मत भट्टराई 

बुटवल (अर्घाखाँचीडट्कम) । बुटवलमा अस्थायी रुपमा बस्दै आएका अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड  नम्बर  ७ हंसपुरको बामरुकका "राज रेग्मी "ले सिल्भर प्ले बटन प्राप्त गर्ने पहिलो युट्युवर बनेका छन्।

केहि वर्ष अघिदेखि Awesome Nepalese नामको च्यानल खोलेर प्र्याङक गर्न सुरु गरेका "राज " सिल्भर प्ले बटन हासिल गर्न सफल भयका छन्।

करिब ९० ओटा प्र्याङक गरे सँगै एक लाख संस्क्राइबर बनाउन सफल भएको उनी बताउँछन्।उनी विभिन्न सामाजिक अभियान, सहयोग अभियान र बचाउ अभियान चलाउने र सफल बनाउने युट्युवर पनि हुन ।

उनले यहां सम्म आउन सहयोग गर्नु हुने सम्पूर्ण संस्क्राइबर लगायत सहकर्मीहरु लाई  धन्यवाद पनी दिएका छन्।

उनी भन्छन्”प्र्याङक गर्दा झगडा समेत भयो,झगडालाई समाधान गर्दै अघि नबढेको भए यहाँ सम्म आउन सकिँदैनथ्यो, सिल्भर प्ले बटन सम्म हासिल गरेको छु,सकारात्मक केही धारणा युटुब बाट दिन खोजे,केही संदेश दिन खोजें खुसी छु” उनले आगामी समयमा प्र्याङकलाई निरन्तरता दिने बताएका छन ।

अन्य समाचारहरु