भूमिकास्थान नगरपालिकामा तरुण दलको भेला सम्पन्न, राजकुमार श्रेष्ठ अध्यक्षमा चयन

भूमिकास्थान नगरपालिकामा   तरुण दलको भेला सम्पन्न, राजकुमार श्रेष्ठ अध्यक्षमा चयन


दिपेन्द्र पौडेल  

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा नेपाली कांग्रेस निकट नेपाल तरुण दलको भेला सम्पन्न भएको छ । 


भूमिकास्थान नगरपालिकामा आईतबार राजकुमार श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै नेपाल तरुण दलको भेला सम्पन्न भएको हो । 


यस्तै उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा सुनिल खनाल चयन भएका छन् । यस्तै सदस्यहरुमा गोबिन्द बेल्बासे, सन्तोष बेल्बासे, भोज बहादुर खत्री लगायत चयन भएका छन् ।


कार्यक्रम अशोक श्रेष्ठको अध्यक्षतामा, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यतामा, भूमिकास्थान नगर उपप्रमुख खडानन्द बेल्बासे, तरुण दलका पुर्व जिल्ला अध्यक्ष पिताम्बर खनालको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।   

अन्य समाचारहरु