ढाकावाङमा माओवादी केन्द्रका सक्रिय सदस्य झब बहादुर नेपालीको निधन

ढाकावाङमा माओवादी  केन्द्रका  सक्रिय सदस्य  झब बहादुर नेपालीको  निधन

माधब खनाल   

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगर पालिका वडा न: १ ढाकावाङमा नेपाल कम्युनिस्ट पार्टी माओवादी  केन्द्रका  सक्रिय सदस्य  झब बहादुर नेपाली को ७७ वर्षको उमेरमा  निधन भएको छ ।

स्वर्गीय नेपालीको आज स्थानीय घाटमा  अन्त्येष्टि गरिएको छ अन्त्येष्टि कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र भुमिकास्थान नगरसमिती अध्यक्ष नरेन्द्रमान मुखियाले स्वर्गीय नेपालीको  पार्थिक शरीर माथी पार्टीको  झन्डा ओडाइ अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो   ।

अन्त्येष्टि कार्यक्रममा भुमिकास्थान नगरपालिका   वडा न १ का अध्यक्ष गोपाल खनाल ,नेपाल कम्युनिस्ट पार्टी   माओवादी केन्द्रका  वडा कमिटी अध्यक्ष ठाकुर भुसाल ,रास्टिय जनमोर्चाका  रोम बहादुर राउत ,नेकपा एमालेका  कमल चुदाली ,पुर्ब वाइसीएल  ढाकावाङ्गका अध्यक्ष असोक खनाल लगायत स्थानीय हरुको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु