कोभिड १९ को महामारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु जोखिममा

कोभिड १९ को महामारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु जोखिममा

अनिश मिया
छ्त्रदेब २ बल्कोट, अर्घाखाँची

कोभिड १९ को महामारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु जोखिममा परेका छन् । रोजगारी गुमाउनु, श्रमको पारिश्रमिक नपाउनु, करार अवधि पूरा गरेर नेपाल फर्कने क्रममा भएका श्रमिक नेपाल फर्कन नपाउनु, आवासीय अनुमतिको अवधि सकिनु, बहिर्गमन अनुमति (Exit Permit) अबधि समाप्त हुनु, औषधि उपचार नपाउनु जस्ता समस्या श्रमिकहरुको सामान्य जस्तै छ । 


विशेषगरी वैदेशिक रोजगारीमा आबद्ध महिलाहरु बढी जोखिममा छन् । लामो समयदेखि नेपाल फर्कने आशा लिएर लाखाैं श्रमिकहरु विभिन्न गन्तव्य देशहरुमा बसिरहेका छन् । धरै अन्योल र समस्याबीच केही श्रमिकहरु प्राथमिकताको आधारमा नेपाल फर्किरहेका छन् । हुन त वैदेशिक रोजगार ऐन , २०६४ को दफा ७५ (१) बमोजिम सुविधा नपाएको कारणबाट कामदार  अलपत्र परी त्यस्तो कामदार स्वदेश फिर्ता हुनुपर्ने स्थिति आएमा सम्बन्धित इजाजतपत्रवालाले त्यस्तो कामदारलाई स्वदेश फिर्ता गराउनु भन्ने व्यवस्था रहेको छ ।

दफा ७५ (२) अनुसार नेपाली कामदार रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक बिपत्ती परी कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारीमार्फत कामदार फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने प्रवधान छ ।

त्यसैगरी दफा ७५ (२) अनुसार नेपाली कामदार रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक बिपत्ती परी कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारीमार्फत कामदार फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने प्रवधान छ ।

तर यस विषम परिस्थितिमा उल्लेखित कानुनको कार्यान्वयन जटिल हुँदाहुँदै पनि सरकार यसबाट पञ्छिन पक्कै पनि पाउँदैन । सरकारले उद्धार गरी नेपाल फर्काउने कुरा त परै जाओस् आफ्नै खर्चबाट नेपाल फर्कनेहरुको यात्रा पनि सुखद हुन पाएको छैन । हवाई भाडादरको मूल्य, उडानको समय परिवर्तन भइरहनु र फर्केर आएकाहरुले पनि विभिन्न समस्या खेप्नुले श्रमिकहरुमा निराशा थपेको छ ।

दुबईबाट १०१ जना महिला नेपाल फर्किएको । हेडलाइन नै यस्तो थियो मानौँ फर्केकामध्ये ९४ जना जो गर्भवती भनिएको छ, उनीहरु कसैको अनिच्छित गर्भाधारण गरेर आएका छन् । तर पढ्दै जाँदा कोही विदेशमा रहेका श्रीमानलाई भेट्न गएको र कसैको श्रीमान श्रीमती दुबै एकै देशमा काम गरिरहेको थाहा पाइयो । भलै यस्ता समाचारका शीर्षकहरुले गर्दा समाचार त बिक्यो होला । तर महिलाको आत्मसम्मान र भावनाको न हिजोको दिनमा कदर गरिन्थ्यो न त अहिलेको जस्तै महामारीको अवस्थामा । 

गर्भवती र सुत्केरी महिलाहरु कोरोना सङ्क्रमणको जोखिममा हुन सक्छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति सुत्केरी महिला हुनुहुन्थ्यो । विशेष शारीरिक अवस्थामा विशेष हेरचाह, सम्मान र मायाको आवश्यकता हुने कुरा कसैको लागि नौलो जानकारी नहोला ।

तर यस्तो अवस्थामा हामीले सेवा प्रवाह समयमै नगर्दा र गर्दा पनि प्रयोग गर्ने शब्द, हाउभाउ र आचरणले उनीहरुको भावना र आत्मसम्मानमा चोट पु¥याएको थुप्रै उदाहरण छन् । कतै अस्पतालले सुत्केरी व्यथा लाग्दा पनि भर्ना नलिने कतै गालीगलौज गर्ने जस्ता समाचारहरु सुन्नमा आइरहेकै छ । 

कोरोना परीक्षण गराई नेगेटिभ नतिजा आएपछि आफ्नो देश फर्कदा ठाउँ ठाउँमा विभेद र घृणा सहनुपर्दा उनीहरुको भावनामा चोट पुगेको छ । विदेशमा  जे जसो भयो सहनुपर्यो, तर नेपाल फर्किसकेपछि आफ्नै सुरक्षका लागि खटिएका सुरक्षाकर्मीले नै राम्रो व्यवहार नगर्दा प्रवासबाट फर्केका नेपालीको मन फाटेको छ ।

आफ्नो देशमा सुरक्षित भइन्छ, माया र सम्मान पाइन्छ भन्ने उत्साह साथ तय गरिएको यात्रा यस्ता भोगाइले गर्दा नमिठो भएको छ । विशेष अवस्थामा विशेष ख्याल नहुनु, खानपान, निद्रा आदि समयमै नहुँदा र तनाव बढ्दा नेपालीको  सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको हनन् भएको छ । 

आफ्नो देशमा सुरक्षित भइन्छ, माया र सम्मान पाइन्छ भन्ने उत्साह साथ तय गरिएको यात्रा यस्ता भोगाइले गर्दा नमिठो भएको छ । 

लकडाउन पाँचौ  महिना पार   गर्दैछ । देशमा सङ्क्रमितको संख्या दिनहुँ बढ्दो छ । मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि हुनु नेपालको लागि नौलो होइन ।

देशका प्रधानमन्त्रीज्यू सांसदमा बेसारको गुनगान र प्रशिक्षण दिनुहुन्छ  । तर लकडाउन सुरु भएको यतिका महिना बितिसक्दा पनि कसरी लैंगिकमैत्री क्वरेण्टीनको व्यवस्थापन गर्ने, प्रवासी नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउने भन्नेबारे सरकारको चासो र संवेदनशिलता देखिंदैन । यो अकर्मण्यता केन्द्रमा मात्र होइन, स्थानीय स्तरमा पनि देखिन्छ । 

विदेशबाट फर्कनेहरुको संख्या अझ धेरै नै छ । त्यसमा महिलाहरु पनि पर्छन् । त्यसैले राम्रो व्यवस्थापनको लागि सरकारले सरोकारवालाहरुको नक्सांकन गर्ने, उनीहरुको क्षमता र विज्ञताको आधारमा सहयोग माग्ने, परिचालन गर्ने काम युद्ध गतिमा गर्नुपर्ने हुन्छ ।

अझ विशेष गरी महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको व्यस्थापनमा विशेष ख्याल राख्नुपर्छ । अहिले क्वरेण्टीनहरु त छन्, तर सरकार आफैंले बनाएको मापदण्ड अनुसारको भने प्राय छैन ।

बिदेशमा कोरोना परिक्षण गराइ नेगेटिभ नतिजा आएपछी  मात्र नेपाल आउन पाइन्छ र नेपाल आएपोछी  नेपाली सेना ले तपाईं हरु  होम कवारेन्टाइन मा सुरक्षित बस्नुहोला भनी घर सम्म को यात्रा ब्यबस्थापन गर्दिए पोछी मात्र घर आउन पाहिन्छ। तर जब बिदेस देखि नेपाली हरु मनमा खुशी मनाउदौ गाउघर मा आउछन।नत नेपाली सेना र पुलिस ले भने झै घर मा बस्न पाइन्छ नत गाउघर छिमेको को सहयोग पाइन्छ  ।गाउघरमा त यस्तो नकारात्मक असर परेको छ कि यो बिदेश देखि आएको छ यस्लाइ कोरोना लागेको छ। जब कि बिदेश देखि आउने ले सबै चेकजाँच गरेर मात्र आउन पाउन्छ  र सबै चेकजाच गरेर आएको हुन्छ।

पछिल्लो दिनहरुमा कोरोना अन्य देश हरुमा नियन्त्रणमा आइसकेको छ बरु नेपाल र भारतमा फैलिएको हुदा बिदेश देखि आउने नेपाली नागरिक भन्दा पनि भारत र नेपाल कै अर्को जिल्ला देखि आउनेलाई  केइ समय सुरक्षित भै बस्न भनेमा आफ्नो गाउँ ठाउँ लाई कोरोना संक्रमण देखि बचाउन सकिन्छ।

अन्य समाचारहरु