त्रिभुवन विश्वविद्यालयले आइतबार सार्वजनिक बिदा कार्यान्वयन नगर्ने

त्रिभुवन विश्वविद्यालयले आइतबार सार्वजनिक बिदा कार्यान्वयन नगर्ने

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले हरेक आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने भएको छ ।

कोभिड-१९ कारण पठनपाठन पूर्णरुपमा सञ्चालन हुन नपाएको भन्दै अर्को सूचना जारी नभएसम्म जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू नगर्ने भएको हो ।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा विश्वविद्यायमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको‚ पठनपाठन र परीक्षाका तालिकाहरू निर्धारण भइसकेको भन्दै अर्को सूचना जारी नभएसम्म आइतबारसमेत विश्वविद्यालयका सेवाहरू सञ्चालन गर्ने विश्वविद्यायले जनाएको हो । कान्तिपुरबाट 

अन्य समाचारहरु