शितगंगा-३ का वडाध्यक्ष हेमनाथ भुसाल एमालेबाट चुनाव जित्ने नदेखेपछि फेरि कांग्रेसमा फर्के

शितगंगा-३ का वडाध्यक्ष हेमनाथ भुसाल एमालेबाट चुनाव जित्ने नदेखेपछि फेरि कांग्रेसमा फर्के

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमालेमा प्रवेश गरेका अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३  का  वडाध्यक्ष  हेमनाथ भुसाल फेरि कांग्रेसमा फर्केका छन् ।


भुसालले आज शनिवार एक प्रेस विज्ञप्ती जारी गरी आफु एमालेमा प्रवेश नगरेको दावी गरेका हुन् । 

उनले विज्ञप्तीमा आफू नेपाली कांग्रेस मै रहेको बताएका छन् । समान्य हासिमजाकमा गरिएको कुराकानीलाई रेकर्ड गरि इडिट गरेर सार्वजिनक गरि अतिरन्जित गराइयो तर यसले राम्रो पाठ सिकाएको उल्लेख गरेका छन् । 

कांग्रेस शितगंगा नगर सचिव समेत रहेका हेमनाथ भुसाल बिहिवार कार्यक्रम बीच नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई एमाले शितगंगा नगर अध्यक्ष बन्त श्रेष्ठले पार्टी प्रवेश गराएका थिए ।

उता एमालेमा प्रवेश गरेपछि नेपाली काग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले शुक्रवार शितगंगा सचिव समेत रहेका भुसाललाई कारवाही  गरेका थिए । उनले अनुशासन समितिकाे सिफारिस साधारण सदस्य समेत नहुने गरि कारवाही गरिएकाे सभापति श्रेष्ठले बताएका थिए । 

स्रोतका अनुसार एमालेमा गएका भुसाललाई आगामी स्थानिय निर्वाचनमा पुन: वार्ड अध्यक्षमा उठाउने र जिताउने अफरमा  कांग्रेसमा फर्केका हुन् । कांग्रेस नेताहरुले एमालेमा गएर जित्ने होइेन, अब हामी गठबन्धनबाट चुनाव लड्ने तपाईंलाई नै उठाउन्छौ र जिताउन्छौ भनी उनलाई फर्कन आग्रह गरेका थिए। सोही अनुसार उनले विज्ञप्ती निकालेका हुन् । साथै कांग्रेस जिल्ला सभापतिले भुसाललाई गरेको कारवाही फिर्ता लिने छन् ।     

बिद्यार्थीकालदेखि एमालेका विभिन्न कमिटीहरुमा रहँदै काम गरेका भुसाल कम्युनिस्ट राजनितिमा लामाे समय रहेका थिए ।

बिहिवार भुसालले विगतमा काग्रेसमा लागे पनि अब आफ्नै घरमा फर्कदा खुशी लागेकाे समेत बताएका थिए । उता जिल्लाभर एमाले, कांग्रेसले पार्टी प्रवेश गरेका गलत प्रचार प्रसार गर्दै आएका छन् ।    

अन्य समाचारहरु