अर्घाखाँचीडट्कम संवाददाता
डेभा, अर्घाखाँची । जिल्लाको भुमिकास्थान-९ ढिकुराको डेभामा श्री भगवती माध्यमिक विधालयको ५९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
डेभामा आज शनिवार श्री भगवती माध्यमिक विधालयको ५९ औ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मतब्य राख्दै भुमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापाले भौतिक संचनाको काम बिद्यालयमा पुरा गर्ने प्रक्रियामा रहेकाले शिक्षकहरुलाई पढाइको गुणस्तरमा बृद्धि गर्न आग्रह गदै नगरपालिका जहिले पनि सहयोग गर्न तयार रहेको बताउनु भयो । थापाले शिक्षण सिकाइ प्रक्रियालाई राम्रो बनाउन शिक्षकर्मचारी अभिभावक ,राजनितिक प्रतित्व , सरोकारवाला सबैले बिशेष ख्याल गर्न जरुरी रहेको बताउनु भयो ।
बार्षिक उसम्ब कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत क्षेत्री , शिक्षा शाखा प्रमुख टुकलाल सापककोटा , वडा अध्यक्ष नारायण खनाल , शारदा माबिका शिक्षक बाबुराम चुदाली , एकीकृत समाजबादीका अध्यक्ष हराधर भटराई , पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल ,राष्टिय जनमार्चाका नारायण प्रसाद घिमिरे , पुर्व बिद्याथी रुकेन्द्र पालुगे , लायन्स क्लब अफ ढिकुराका अध्यक्ष गुणानिधी भुसाल ,उपाध्यक्ष बाबुहरी मरासिनी , कोषाध्यक्ष गिता भुसाल , पुर्व बिद्याथी नाराण गैरै , बिद्याथी नबिन नेपाली लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम नेत्र कुमारी सुनारको अध्यक्षता शिक्षक दिपक भटराईकको संचालनमा सम्पन्न भएकको हो । कार्यक्रममा आर्थि बर्ष२०७७।७८ को बिद्यालकको बार्षिक पुरस्कार समेत बितरण गरिएको थियो ।
भगवति माविमा लायन्स क्लब अफ ढिकुराका अध्यक्ष गुणानिधी भुसाल ,उपाध्यक्ष बाबुहरी मरासिनी , कोषाध्यक्ष गिता भुसालको उपस्थितमा २ थान कम्पुटर र पुर्व बिद्याथीहरु २०५९ सालको एस एलसी गु्प नाराण गैरै लगायत ९ जनाले २ वटा वाटर डिसपेसन मिसिन समेत प्रदान गरेकका थिए । कार्यक्रममा शिक्षक मिना जैसी पौडेल र महेश भुसाललाई बिदाइ समेत गरिएकको थियो ।
पुर्ब बिद्यार्थी गुणानिधी भुसालले ब्यतिmगत रुपमा बिद्यालयमा उत्कृष्ट नम्बर ल्याउने बिद्यार्थीलाई रु ३ हजार पुरस्कार समेत प्रदान गरेका थिए । बैदेसिक रोजगारमा मुत्यु भएका अभिभावकको तर्फबाट रु २ हजार पुरस्कार प्रदान गरिएको थियो ।