धारापानीमा वार्ड स्तरिय युवा क्लब गठन, अध्यक्षमा सौगात के.सी

धारापानीमा वार्ड स्तरिय युवा क्लब गठन, अध्यक्षमा सौगात के.सी


अजय के.सी 

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानी वार्ड स्तरिय युवा क्लब आईतवार  गठन भएको छ।


भूमिकास्थान नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण सुनारको अध्यक्षतामा ४ नम्बर वडाका वडाध्यक्ष बाबुराम पन्थी सुनारको  प्रमुख आतिथ्यता र वडा न ४ का वडा सदस्य झबिलाल थापा ,पुष्कर भुसाल अनि कर्मचारी भेषराज खनाल को उपस्थितिमा भएको भेलाले सौगात के,सी अध्यक्ष रहेको १५ सदस्यीय वडास्तरीय युवा क्लब गठन गरेको हो।


जसको उपाध्यक्ष दिपक सुनार  सचिव एलिसा आले कोषाध्याक्ष अमृता आले चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरुमा क्रमशःबिमला के सि,हेमन्त पुन, किसोर कुवर, बर्षा बेल्बासे, दिबस आले, साजन परिवार, पुजा सुनार, चेरी आले, सन्दिप घर्ती मगर, गोमा सेजबाल , मनिसा अधिकारि, चयन हुनुभएको छ । 

अन्य समाचारहरु