वाङ्लाको अमलडाँडामा पासोमा परेको चितुवाको उद्दार

वाङ्लाको अमलडाँडामा पासोमा परेको चितुवाको उद्दार

अनन्तप्रसाद घिमिरे

वाङ्ला, अर्घाखाँची - अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड न.४ वाङ्लाको अमलडाँडामास्थित जङ्गलमा आज विहान एक चितुवा पासोमा परेको छ।


करिब २५/३० के.जी.को उक्त चितुवा पासोमा पारेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालय अर्घाखाँचीका कर्मचारीहरु उक्त स्थानमा पुगेर चितुवालाइ उद्दार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयबाट खटिएको संयुक्त टोलीले उक्त चितुवालाइ उद्दार गरि जिल्ला डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय,अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन्।

केही दिन पहिलेमात्रै चितुवाले त्यसै ठाउँमा एकजना स्कुले वालकलाई आक्रमण गरि मारेको थियो।

अन्य समाचारहरु