खिल्जीमा तेक्वान्दो प्रशिक्षण शुरु | गाउँबासीको चाहना पुरा हुने

खिल्जीमा तेक्वान्दो प्रशिक्षण शुरु  | गाउँबासीको चाहना पुरा हुने


विनोद श्रेष्ठ | अर्घाखाँचीडट्कम संवाददाता 

खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर  ६ खिल्जीमा डोजाङ्ग ( तेक्वान्दो )  प्रशिक्षण शुरु भएको छ । 


स्वास्थ्यका लागी खेलकुद र रास्ट्रका लागी खेलकुद भन्ने नारा सहित, ग्लोरियस बोर्डिङ स्कुलका प्रिन्सिपल कृश्न बेल्बासे र      जिल्ला तेक्वान्दो संघका सचिव तथा कुसल तेक्वान्दो प्रशिक्षक प्रेम आले मगरको संयुक्त प्रयासमा  खिल्जीमा तेक्वान्दो प्रशिक्षण शुरु भएको हो ।

योसँगै युवायुवतीसँगै  आफ्ना  बालबालिकाहरुलाई तेक्वान्दो सिकाउने गाउँबासीको चाहना पुरा हुने भएको छ ।


शहरबजारमा मात्रै सिमित रहेको राष्ट्रिय स्तरको यो खेलकुदको प्रशिक्षण गाउँसम्म पुर्याउनको लागी अर्घाखाँची तेक्वान्दो सँघले सक्दो प्रयास गरिरहेको छ ।

यो कार्य गाउँको बिकासको कडिका रुपमा रहने छ साथै पछिल्लो समय गाउँबाट खेलकुद तथा शिक्षाका लागि हुँदै गरेको बसाईसराई रोक्न थप मद्दत गर्नेछ ।

अन्य समाचारहरु