सितापुरमा कामना सेवा बिकास बैंकको शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आयो (फोटो सहित)

सितापुरमा कामना सेवा बिकास बैंकको शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आयो (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा कामना सेवा बिकास बैंकको शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएको छ । 


सितापुर स्थित सचिन मोबाईल सेन्टरमामा आज आईतवारदेखि कामना सेवा बिकास बैंकको शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएको हो ।


 बैंकिङ्ग सेवाको शितगंगा - २ का वार्ड अध्यक्ष गोरर्धन थापाले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको थियो ।  

कार्यक्रममा कामना सेवा बिकास बैंक चनौटा शाखाका प्रवन्धक, कामना सेवा बिकास बैंक ठाडा शाखाका प्रमुख महेश खनाल, गोरुसिङे शाखाका समन्यव प्रवन्धक विक्रम श्रेष्ठ, ठाडा शाखा पुरुषतोम आचार्य लगायत वार्ड प्रतिनिधि तथा व्यापारीहरुको उपस्थिती रहेको थियो । 


यस्तै कार्यक्रममा ठाडा शाखाका प्रमुख महेश खनालले शाखा रहित बैंकिङ्ग सेवा सुविधाको बारेमा प्रकाश पार्नुभएको थियो । साथै वार्ड अध्यक्ष गोरर्धन थापाले शाखा रहित बैंकिङ्ग सेवा सुविधा घरमै उपलब्ध भएको हुँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । 

उद्घाटन कार्यक्रमको संचालन कामना सेवा बिकास बैंक चनौटा शाखाका प्रवन्धक गर्नुभएको थियो । 

अन्य समाचारहरु