जलुकेमा पत्रकार महासंघ लुम्बिनी प्रदेशकाे प्रमुख कार्यालय भवन बन्ने

जलुकेमा पत्रकार महासंघ लुम्बिनी प्रदेशकाे प्रमुख कार्यालय भवन बन्ने


अर्घाखाँचीडट्कम संवाददाता 

जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पत्रकार महासंघ लुम्बिनी प्रदेशकाे प्रमुख कार्यालय भवन शितगंगा नगरपालिका वडा न. ८ जलुकेको भालुवाङ तर्फ बन्ने भएको छ । 

 पत्रकार महासंघ लुम्बिनी प्रदेशकाे प्रमुख कार्यालय भवन निर्माणको लागि शितगंगा नगरपालिका, वार्डले जग्गा उपलब्ध गरएको छ ।

उक्त भवन निर्माणका लागि नगरप्रमुख सुर्य अधिकारी, उपप्रमुख टीका रेस्मी, वार्ड अध्यक्ष रुकेश आले लगायतले शुरु देखि पहल तथा सहयोग गरेका थिए । 

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरिका अनुसार भवन निर्माणका लागि लुम्बिनी प्रदेशबाट बजेट बिनियोजन गरिएको बताइएको छ । 

अन्य समाचारहरु