किमडाँडामा लाली गुराँस महिला विकास बचत सहकारीको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न (तस्बिरहरु)

किमडाँडामा लाली गुराँस महिला विकास बचत सहकारीको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न (तस्बिरहरु)


कमला पोख्रेल 

किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको लाली गुराँस महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
 

अधिवेशनको उ्घाटन समारोहमा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिकले सहकारीको माध्यमबाट स्वरोजगार बन्न सबैलाई आग्रह गर्नु भयो । उहाँले सहकारीबाट स्वरोजगार बनी आत्म निर्भर बन्न सकिने भएकाले सबैलाई सोही दिषामा अगाडी बढ्न आग्रह गरेका छन् । 


कार्यक्रममा सन्धिखर्क ८ का कार्य वहाक वडा अध्यक्ष नारायण प्रसाद अर्याल, सन्धिखर्क नगरपालिकाका अधिकृत छैठौ जीवनारायण आचार्य, न्यायिक समितिका सदस्य आशा परियार, जनता कृष्ण मावि पकलेका प्रधनाध्यापक यम प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, किमडाडा स्वास्थ्य चौकीका प्रमुख प्रकाश परियार, सहकारीका सल्लाहकार कृष्ण प्रसाद मरासिनी, नारायण भुसाल, सहकारीका व्यवस्थापक कृष्णा भुसाल  लगायतले मन्तब्य राखेका थिए । 


उद्धाटन समारोह सहकारीका अध्यक्ष जानका बन्जाडेको अध्यक्षता, लेखा संयोजक प्रतिक्षा केसीको स्वागत मन्तब्य, उपाध्यक्ष गिता थापा समुहको स्वागत गित र र सचिव माया पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । 

अधिवेशनले जानका बन्जाडेको अध्यक्षतामा नँया कार्य समितिको चयन गरेको छ ।

अन्य समाचारहरु