छत्रदेव गाउँपलिका सबै बिधालयले विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरे

छत्रदेव गाउँपलिका सबै बिधालयले विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरे


अस्लम अली

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपलिकाभित्र रहेका सम्पुर्ण बिधालयले विद्यार्थीको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेका छन् । कोभिड १९ को दोस्रो लहरको कारण सम्पुर्ण बिधालय यतिबेला बन्द छन् ।

भौतिक उपस्थित, परीक्षा र प्रबिधिको प्रयोगबाट परीक्षा गर्न असम्भव भएकोले र असारबाट नया शैक्षिक सत्र समेत सुरु गर्नुपर्ने भएकोले प्रथम र दोस्रो त्रैमासिक परिक्षा को नतिजा आबधिक मुल्यांकन र विद्यार्थीको आन्तरिक मुल्यांकनलाई आधार मानी नतिजा प्रकाशन गरिएको हो ।

गाउँपालिका शिक्षा शाखाले २०७८/२/२५ गते सम्म नतिजा तयार पारी सोही दिन बिद्यालय मा तयार पारिएको नतिजा देखिने गरि जानकारी दिन भनेको थियो सोही बमोजिम बिद्यालयहरुले कक्षा ९ सम्मको नतिजा प्रकाशन गरेका हुन् ,तर कक्षा ८ को भने पालिकाले प्रकाशन गर्ने जनाइएको छ । 

अन्य समाचारहरु