सन्धिखर्क-चुत्राबेसीमा बाढीको जोखिम

सन्धिखर्क-चुत्राबेसीमा बाढीको जोखिम


-डा. शक्ति पी. सी.

गत हप्ता सन्धिखर्क - चुत्राबेसी वरिपरिका खोलाहरुमा बाढी आउँदा खोला नजिकका बस्तिहरु डुवानमा परेको दुखद समाचार अर्घाखाँचीडट्कम लगायतका अन्लाईन पत्रपत्रिकामा देखियो। मानिसहरु १२ बर्षपछि खोला फर्कियो धनजनको नाश भयो भन्न पनि भ्याए। बास्तबमा यो किन र कसरी भयो त ? यसको बारे एक वैज्ञानिक विश्लेषण गर्नु आबस्यक  देखिन्छ।
चित्र १. चुत्राबेसी र फुदवाङलाई आधार मानी देखिएको बाँगी खोला जलाधार छैन (रातो घेरा) र यसका स-साना सहायक खोलाहरुको अबस्था ।

यो क्षेत्रमा बाँगी खोलामा  घोंचे खोला र भद्री खोला मिसिन्छन र  तिन खोलाहरु मिसिएको ठाउँलाई त्रिबेणी पनि भन्ने गरिन्छ भने वरी-परीको ठाउँलाई चुत्राबेसी भनिन्छ।  सहायक साना-ठुला खोलाहरु ( चित्र १)  पनि यो क्षेत्रमा निकै देखिन्छन् ।  जुन सबै बाँगी खोलामा आई मिसिन्छन् । चित्र १ मा देखिएको रातो घेरालाई बाँगी खोलाको जलाधार क्षेत्र भनिन्छ। चुत्राबेशी नजिकै आधार मानेर निकालिएको रातो घेराको छेत्रफल करिब ६१ वर्ग किलोमिटर  हुन्छ भने फुदवाङ तर्फलाई आधार मान्ने हो भने ७६ वर्ग किलोमिटर हुन जान्छन।  रातो घेराको मतलब यदि यो क्षेत्र भित्र पानी पर्यो भने स-साना खोला हुँदै बाँगी खोलामा नै मिसिन जान्छन् ।  यदि यो रातो घेरा भित्र निकै ठुलो पनि पर्यो भने मुख्य खोलाहरुमा बढी आउने सम्भावना बढी हुन जान्छ।

जल तथा मौसम विभागका अनुसार २०७८ कात्तिक १ र २ गते (४८ घण्टा) मा सबैभन्दा बढी वर्षा भएका १५ वटा  केन्द्रहरु मध्ये  खाँचीकोट क्षेत्र १३ औ  नम्बर ( २२० मिलिमिटर  ) मा परेको थियो। यसको मतलब  चित्र १ मा देखाएको रातो घेरा भित्र पनि पक्कै बढी पानी परेको सहजै अनुमान गर्न सकिन्छ र यसको कारण खोलाहरुमा बाढी आएकोमा कुनै शंका छैन् ।

बेला बेलामा परिरहेकै हुन्छ। तर ठ्याकै बिगतका बर्षहरुमा  यति नै पर्यो भनेर भन्न सकिदैन किन भने सन्धिखर्क-चुत्राबेसी उपत्यकामा  वर्षा मापन गर्ने कुनै  स्टेशन नै छैन् । पानी धेरै पर्ने र खोला-नालामा बाढी त पहिले पहिले पनि आउने गर्थ्यो नै  तर यसपाली चाँही किन बस्ति-बस्ती बाढी पस्यो त ? यो एउटा विचार गर्ने पर्ने हुन जान्छ।

खोला-नालाहरुमा पानी बग्ने आ-आफ्नो प्राकृतिक परिधि क्षेत्र हुन्छ र यस्तो अबस्थामा   बाढी आउँदा खासै जन धनको छति हुँदैन तर यदि यी खोलाहरुको परिधि/क्षेत्रमा कतैबाट अतिक्रमण भएमा यसको असर निकै भयाबह पनि हुन सक्छ। अझै भन्नु पर्दा जलाधार क्षेत्रमा हुने अस्वाभाविक भू-उपयोग परिवर्तन र मनपरी पूर्वाधार/बस्ती निर्माण भएको खण्डमा पनि  नदीमा पानीको सतह एक्कासी घट्ने र पानी पर्दा एक्कासी बढ्ने गर्दछ।
चित्र २ . चुत्राबेसी-सन्धिखर्क आसपासमा खोला-नाला एवम सहरीकरणमा २० वर्ष अघि र अहिलेको अवस्था ( स्रोत: गूगल अर्थ)

अब बाँगी खोलाको आसपासको एक अवस्था हेरौ न त।  चित्र २ मा चुत्राबेसीको आजभन्दा करिब २० वर्ष अघि( करिब २०५७) र अहिलेको भू-उपयोग परिवर्तन - सहरीकरण र खोलाहरुको अतिक्रमणको एक झलक(चित्र २, पहेलो घेरा भित्र ) देखिएको छ । पहिले पहिले खोलाहररुको चौडाई प्रयाप्त देखिथ्यो भने अहिले अतिक्रमण गरि निकै साघुरो बनाएको सजिलै देख्न सकिन्छ ।  जसले गर्दा खोलामा पनि सतह बढ्न गई बस्ती पसेको सहजै अनुमान गर्न सकिन्छ।  अर्को असर भनेको पहिले पहिले खुला जमिन प्रसस्त थियो जसले गर्दा पनि पर्दा पानि जमिनको सतह  मुनि जाने र भूमिगत पानी रिचार्ज हुने गर्थ्यो जसले गर्दा लामो समय वा सुख्खा समयमा  पनि  खोलामा पानीको बहाव हुने गर्छ।

सन्धिखर्क-चुत्राबेसी वारी पारी अव्यवस्थित शहरीकरण खोला-ऩाला  अतिक्रमण र अकस्मात मौसममा हुने बदलीको कारणले गर्दा आगामी दिनहरुमा पनि खोला- नाला आसपासका बस्तीहरुमा बाढी पस्ने र धन-जनको क्षति हुने कुरालाई नकार्न सकिदैन।

You might also be interested in:

अन्य समाचारहरु