डिभर्नामा संचालित क्रसर उद्योग विप्लब नेकपाले बन्द गरायो (भिडियो, फोटो सहित)

डिभर्नामा संचालित क्रसर उद्योग विप्लब नेकपाले बन्द गरायो  (भिडियो, फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता

डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले विभिन्न माग राख्दै सन्धिखर्क नगरपालिका ११ डिभर्नामा  सञ्चालन गरेको क्रसर उद्योग बन्द गराएको छ ।


नेकपाले विभिन्न ५ बुद्धे माग राख्दै आज कालो व्यानर टाँसेर डिभर्नामा  सञ्चालन गरेको क्रसर उद्योग बन्द गराएको हो । डिभर्नामा ठेक्दार ऋषिराम अधिकारीले क्रेसर मेसिन संचालन गर्दै आएका थिए ।


विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य नविन खड्काले आफुहरुले जिल्लाका सरोकारवाला निकायलाई पटक पटक जानकारी गराउदा कुनै बास्ता नगरेको मापदण्ड अनुसार काम नगरेको प्राकृतिक सम्पदाको दोहन गरेको राज्यलाई तिर्न पर्ने कर नतिरेको लगायतका आरोप लगाउदै व्यानर टास गरेको छ ।

अन्य समाचारहरु