बल्कोटमा १३ जना उद्यमीहरूलाई सिलाई कटाई मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न (फोटो सहित)

बल्कोटमा १३ जना उद्यमीहरूलाई सिलाई कटाई मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न (फोटो सहित)


अस्लम अली 

बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ बल्कोटमा  उद्यमीहरूलाई सिलाई कटाई मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 


बल्कोटमा बुधवार उद्यमीहरूलाई सिलाई कटाई मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।  


कार्यक्रममा बल्कोटका १३ जना उद्यमीहरूलाई पालिका अध्यक्ष लेखनाथ पोख्रेल सिलाई कटाई मेसिन हस्तान्तरण गर्नुभएको थियो । 

कार्यक्रममा उपाध्यक्ष तुल्सी देबी  श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । साथै कार्यक्रम वार्ड अध्यक्ष राजेश कुमार पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


उक्त कार्यक्रम  संचालन  २ नम्बर वार्ड सचीव विशाल ओली गर्नु भएको थियो । 

सिलाइकटाई प्रबिधी पाएपाछि उद्यमीहरूले खुशी व्यक्त गरेका थिए । 

अन्य समाचारहरु