अर्घाखाँचीका युवा ब्यवसायी उमेश घिमिरे सामाजिक कामदेखि राजनीतिकमा पनि सक्रिय

अर्घाखाँचीका युवा ब्यवसायी उमेश घिमिरे सामाजिक कामदेखि राजनीतिकमा पनि सक्रिय


सुर्य भुसाल 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ शान्तिबगैँचामा उमेश छापाखाना सन्चालन गर्दै आएका युवा ब्यवसायी उमेश घिमिरे यतिबेला सामाजिक राजनीतिक काममा ब्यस्त हुने गरेका छन् । 


जिल्लामा धेरै संघ संस्थामा आबद्ध घिमिरे नेपाली काङ्ग्रेस भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ का सभापति नेपाल नेत्रज्योति संघ अर्घाखाँचीका सचिब रेडियो देउरालीका सचिब अस्पताल बिकास समितिका पुर्व अध्यक्ष सारदा माध्यमिक बिधालय ढिकुरा ब्यबस्थापन समितिका अध्यक्ष सामुदायिक प्रहरी सेवा केन्द्रका सहसचिवको नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघका जिल्ला अध्यक्ष बनेर  अहिले काम गरिरहेका छन् । 

घिमिरेले लकडाउनका बेला अति बिपन्न परिवार मजदुरहरुलाई सहयोग गर्दै घिमिरे सामाजिक काममा अग्रसर छन् । घिमिरे भन्छन्; "सबैलाई सेवा सहयोग गर्न पाउँदा निकै खुसी लाग्ने गरेको घिमिरे बताउछन् । 

घिमिरेलाई धेरै युवाहरुले मन पराउछन् । भने सामाजिक काममा अग्रसरता समेत युवाहरुले गराउछन् ।

सहयोगी मनका धनी उमेश घिमिरे भन्छन्; "अहिलेसम्म सामाजिक र ब्यबसायिक  काम गर्दै दिन बित्ने गरेको  छ ।"

अन्य समाचारहरु