भूमिकास्थान नगरपालिकामा स्वास्थ संस्थाको वार्षिक प्रगती समिक्षा गोष्टी सम्म्पन्न (तस्बिरहरु)

भूमिकास्थान नगरपालिकामा स्वास्थ संस्थाको वार्षिक प्रगती समिक्षा गोष्टी सम्म्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा स्वास्थ संस्थाबाट वार्षिक सम्पादन भएका कामहरुको वार्षिक प्रगती समिक्षा गोष्टी सम्म्पन्न भएको छ । 


भूमिकास्थान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा  नगरपालिकाको शभा हलमा आ ब २०७७/७८मा  स्वास्थ्य शाखा तथा स्वास्थ संस्थाबाट बर्ष भरी सम्पादन भएका कामहरुको वार्षिक प्रगती समिक्षा गोष्टी बुधवार सम्म्पन्न भएको हो । 


कार्यक्रममा नगर प्रमुख रेशम थापा,  नगर उप प्रमुख खडानन्द बेल्बासे, नगरप्रवत्ता बाबुराम पन्थी सुनार, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।  


समिक्षामा  स्वास्थ चौकी, सामुदायिक स्वास्थ इकाइ, कोभिड अस्पताल, आयुर्वेद औसधालय,  स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेका गैर सरकारी सस्था आइपास र लुम्बिनी सामाजिक बिकास केन्द्र समेतका प्रमुख  तथा प्रतिनिधिबाट  आ-आफ्नो सस्थाको प्रगती प्रतिबेदन प्रस्तुत भएका थिए ।  

प्रतिबेदन उप्पर  घनिभुत छलफल पछि आगामी दिनहरुको लागी मार्ग दर्सन हुनेगरी कार्ययोजना निर्माण समेत गरिएको छ । 


कार्यक्रममा संस्था प्रमुखहरु, अतिथिको रुपमा सहभागी वार्ड अध्यक्ष, उपाध्यक्षहरु, पालिका अन्तर्गतका शाखा  प्रमुखहरू लगायतको सहभागी रहेको थियो । 

अन्य समाचारहरु