ढाकावाङ प्रहरी चौकीमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

ढाकावाङ प्रहरी चौकीमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न


टेकराज भुसाल

ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयबाट सरुवा भई भुमिकास्थानकाे ढाकावाङ्ग प्रहरी चाैकीमा इन्चार्जकाे रुपमा जानुभएका मान बहादुर बस्नेतलाई स्वागत र २७ महिना ढाकावाङ्ग प्रहरी चाैकीमा इन्चार्जका रुपमा रहनुभएका र हाल कपिलवस्तु जिल्लामा सरुवा भई जान लाग्नुभएका पुर्व इन्चार्ज गणेश गिरीको बिदाई भएको छ।


ढाकावाङ्ग प्रहरी चाैकिमा भएको कार्यक्रममा भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष भाेजराज खनाल, २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, स्थानीय सामाजिक व्यक्तित्व राम प्रसाद खनाल र टेकराज भुसालले ढाकावाङ्ग प्रहरी चाैकिमा आउनुभएका नव इन्चार्ज बस्नेतलाई र पुर्व इन्चार्ज गिरीलाई स्वागत तथा बिदाई गर्नुभएको हाे।

साेहि अवसरमा पुर्व इन्चार्ज गणेश गिरीले २७ महिनाकाे अवधिमा भु.नपा १ र २ ढाकावाङ्ग वासिले गरेकाे सहयोग प्रति सम्पूर्णलाई धन्यवाद दिनुभएको छ।

अन्य समाचारहरु