शितगंगा नगरपालिकामा ७३ जना जेष्ठ नागरिकहरु सम्मानित

शितगंगा नगरपालिकामा ७३ जना जेष्ठ  नागरिकहरु सम्मानित


अराज बेल्बासे 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा ३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिबसको अबसरमा ७३ जना जेष्ठ  नागरिकहरु सम्मानित भएका छन् ।


सबै उमेर समुहका लागि बिधुतिय प्राविधिको प्रयोगमा समानता भन्ने मुल नाराका साथ जेष्ठ नागरिक समाज शितगंगाको आयोजनामा नगर भित्रका ८० बर्ष माथिका जेष्ठ नागरिकहरु सम्मानित भएको हो । कार्यक्रममा १४ वटै वडाका ८० वर्ष नाघेका ७३ जना जेष्ठ नागरिकलाई प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

कार्यक्रमका  प्रमुख अतिथि शितगंगा नगरपालिकाका नगर प्रमुख शुर्य प्रसाद अधिकारीले जेष्ठ नागरिकको सेवामा सबै तत्पर भएर लाग्नु पर्ने बताउनु भयो । गत बर्ष पनि यस समाजले शितगंगाका २५ जना जेष्ठ नागरिकलाइ सम्मान गरेको थियो ।

अन्य समाचारहरु