अर्घाखाँचीमा हावाहुरीसँगै परेको पानीले जनजीवन प्रभावित | सन्धिखर्कमा ३ लाखबराबरको नोक्सान

अर्घाखाँचीमा हावाहुरीसँगै परेको पानीले जनजीवन प्रभावित | सन्धिखर्कमा ३ लाखबराबरको नोक्सान

हरि कुँवर

 अर्घाखाँची । अर्घाखाँची जिल्ला सहित देशभर हावाहुरीसँगै परेको पानीले जनजीवन प्रभावित भएको छ । 


हावाहुरीले सन्धिखर्क -१ रतले स्थित दिलिप बिक को दिव्या फर्निचर उद्योगको टिन उडाइदिएपछि पीडितको विजोग भएको थियो । नयाँ बनेका टेबुल नयाँ पलाइबोड नोक्सान भएका छ्न ।


हावा हुरीले पीडित बिक बढी प्रभावित भएका छन् ।

साँझ ५:३० बजे एक्कासी अन्धकार भएर हुरी चल्दा वातावरण धुलाम्य भएको थियो । मानवीय क्षेति भने भएको छैन । बिक को अनुसार करिब ३ लाख बराबरको नोक्सान भएकोछ।


सन्धिखर्कको विभिन्न ठाउँमा गाडी चालकहरुले बीचमै गाडी रोक्न बाध्य भएका थिए ।

अन्य समाचारहरु