लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमाल नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमाल नेपालगन्ज आउँदै


कुलेन्द्र विक 

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाल भोली सोमबार नेपालगन्ज आउँदैछन् । 

मन्त्री बनेपछि हमाल पहिलोपटक गृहनगर नेपालगन्ज आउन लागेका हुन् । प्रदेश र संघमा बाँकेबाट निर्वाचित कांग्रेसका एक मात्र सांसद हमाल असोज २४ गते वन वातावरण तथा भू-संरक्षण मन्त्री नियुक्त भएका थिए । राजनीति र खेल जगतका अब्बल ब्यक्तित्व हमाल २०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा बाँकेको क्षेत्र नम्बर २’ख’ बाट निर्वाचित भएका थिए । 

मन्त्री भए लगत्तै दशैं मान्न काठमाण्डौ गएका मन्त्री हमाल भोली सोमबार मात्र नेपालगन्ज आउन थालेका हुन् । “म भोली, (सोमबार) नेपालगन्ज आउँदैछु, अहिले काठमाण्डौबाट फर्किंदैछु,” मन्त्री हमालले बागेश्वरीपोष्टसंग टेलिफोनमा भने-” ४-५ गते (कार्तिक) सम्म म नेपालगन्जमै रहन्छु ।” नेपालगन्जमा रहँदा उनी पार्टीका नेता, कार्यकर्तासंग भेटघाटमा यस्त रहनेछन् ।

अन्य समाचारहरु