अर्घाखाँचीमा छैटौं पटक पुन: निषेधाज्ञा थपिदै, पसल खोल्न दिने तयारी

अर्घाखाँचीमा छैटौं पटक पुन: निषेधाज्ञा थपिदै, पसल खोल्न दिने तयारी


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा छैटौं पटक पुन: निषेधाज्ञा थपिने भएको छ। 

डिसिसिएमसी अर्घाखाँचीको  बैठकले छैटौं पटक आजदेखि निषेधाज्ञा थप्ने बताइएको छ । भने निषेधाज्ञा केही खुकुलो गरिएको छ । 

अब स्वास्थ्य मापदण्ड पालना गरेर सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसल, खोल्न दिईने भएको छ ।  यस्तै बैंक तथा वित्तीय संस्थाहरु मापदण्ड पालना गरेर न्युनतम कर्मचारी राखि खोल्न दिईने भएको छ ।

यस अघि बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय लगायत खोल्न दिएको थियो । 

यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिने छ ।   

जारी निषेधाज्ञाका कारण जिल्ला यतिबेला ठप्प र सुनसान छ ।  यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । 

गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने मानिस माथि नराम्रो असर परेको देखिन्छ । भने लामो समय व्यापार बन्द हुँदा भाडा तिर्न नसक्ने अवस्थामा पुगेको व्यापारीहरुले बताएका छन् ।  

अन्य समाचारहरु