ढिकुराकी बेपत्ता १३ वर्षिया किशोरी अड्गुरीको ढाबामा फेला परिन्

ढिकुराकी बेपत्ता १३ वर्षिया किशोरी अड्गुरीको ढाबामा फेला परिन्


अर्घाखाँचीडट्कम संवाददाता 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बेपत्ता अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराकी किशोरी फेला परेकी छिन् । 


शुक्र्बार दिउँसो करीब २ बजेदेखि बेपत्ता ढिकुराका पित्ताम्बर पोखरेलकी १३ वर्षिया सावित्रा पोख्रेल आज शनिबार पाणिनी गाउँपालिका वार्ड नम्बर ७ अड्गुरीको ढाबामा फेला भएकी हुन् ।

ढिकुराको श्री शारदा माबी ढिकुरामा कक्षा ९ मा अध्ययनरत छिन् । उनले आफ्नै काका भोजराज पोखरेलको घरमा किताब छोडेर आउछु भनि घरबाट हिंडेकी थिइन् । साबित्रा शनिबारसम्म सम्पर्कमा नआएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा निवेदन दिएका थिए । सावित्रालाई प्रहरी र स्थानियको सहकार्यमा खोज तलास गर्दा अड्गुरीको ढाबामा फेला पर्न सफल भएको प्रहरीले बताएको छ ।

उनी त्यहाँ के कसरी पुगिन अझै खुल्न सकेको छैन् ।  

किशोरीलाई भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ वार्ड अध्यक्ष नारायण प्रसाद खनालको रोहबरमा ४५ वर्षिय बाबु पित्ताम्बर पोखरेलको जिम्मा लगाईएको प्रहरीले बताएको छ ।  

अन्य समाचारहरु