सन्धिखर्कमा लैंगिक हिंसा बिरुद्धकाे १६ दिने अभियान शुरु (तस्बिरहरु)

सन्धिखर्कमा लैंगिक हिंसा बिरुद्धकाे १६ दिने अभियान शुरु (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लैंगिक हिंसा बिरुद्धकाे १६ दिने अभियान शुरु भएको छ । 


सन्धिखर्क नगरपालिकाको आयोजनामा लैंगिक हिंसा बिरुद्धकाे १६ दिने अभियानको बिधिबत विहिवार सुभारम्भ गरिएको हो । 


कार्यक्रमको जिल्ला समन्वय प्रमुख पिताम्बर भुसालले उदघाटन गर्नु भएको थियो । समन्वय प्रमुख भुसालले महिला हिन्सा अन्त्य गर्न सबै सरोकारवार लाग्नु पर्ने बताउनु भएको छ । महिला हिन्सा बढीमात्रामा हुनुका कारण अशिक्षा , बेरोगार , सचेतनाको कमीले गर्दा अहिले पनि समाजमा हिन्साकायम रहेको बताउनु भयो ।


कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसाल , जिल्ला न्ययाधिश बासुदेब गिरि , प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल , सन्धिखर्क नगरपालिका वार्ड ८ का कार्यवाहक अध्यक्ष नारायण अर्याल , नेकपा एमालेका नगरपालिका अध्यक्ष श्रीकृष्ण भुसाल , नेपाल पत्रकार महासघंका जिल्ला कोषध्यक्ष रुद्रमणि भुसाल , एकहल महिला संञ्जालकी सस्थापक अध्यक्ष खगिश्वर बस्याल बिभिन्न पाटीका महिला भातृसंगठनका प्रमुख वा प्रतिनिधि लगायतले मनतब्य राख्नु भएको थियो । 


कार्यक्रम पुष्पा भुसालको संचालन महिला बालबालिका तथा जेष्ठ नगरिक साखाका प्रमुख बेलकुमार परियारको स्वाग मनतब्य र नगरमहिला उस्थान समितिकी अध्यक्ष पदमा भुसालको अध्यक्षतामा सम्पन् भएको हो ।

अन्य समाचारहरु