उन्यु फुल्दैन किन?के नपुगेर होला

सरू सुधा, गुल्मी तम्घास

उन्यु फुल्दैन किन?के नपुगेर होला
कि फूलको सौन्दर्य धान्न नसकेर होला

ए!काठमाण्डु तँ किन यति हिलो छस्
शायद जलस्रोतको धनी भएर होला

मेरा आँखा अचेल कमजोर हुँदै गए
तिम्रो तस्वीर धेरै हेरिरहेर होला

खाना अड्किएर बाडुल्की लाग्दा पनि
कठै!मनले भन्छ तिम्ले सम्झेर होला

अचेल धुमिल हुँदैछ,तिम्रो तस्वीर पनि
दिलको क्यामेरामा आँसु पसेर होला

सरू सुधाको फेसवुकवाट साभार

उन्यु फुल्दैन किन?के नपुगेर होला