दसैंमा खानपिन: राँगा, खसी-बोकाको मासुभन्दा कुखुरा, माछा बढी लाभदायक

दसैंमा घरघरमै कुखुरा, हाँस, बोका बलि दिइने भएकाले यो समयमा माछा, मासु र मदिराको अत्याधिक प्रयोग हुन्छ ।

दसैंमा फुर्सद हुने भएकोले घर-परिवारसँगै बसेर खानपिन गरी रमाइलो गरिन्छ । तर, खानपिनमा लापरबाही गर्दा निम्तिने रोगब्याधीले भने दसैं नै खल्लो पार्न पनि बेर लाग्दैन ।

चिकित्सकका अनुसार दसैंमा अस्पताल भर्ना हुने अधिकांश बिरामी खानपिनकै कारणले बिरामी पर्ने गरेको बताउँछन् ।

त्रिभुवन शिक्षण अस्पतालका महाराजगन्जका चिकित्सक डा. विकेश राजभण्डारी दसैंमा माछा, मासु खाँदा सावधानी अपनाउनुपर्ने बताउँछन् ।

मासुलाई राम्रोसँग सफा पानीले पखालेर राम्रोसँग पकाएर मात्र खान उनी आग्रह गर्छन् । साथै राँगा, खसी-बोकाको रातो मासुभन्दा कुखुरा, माछा जस्ता सेतो मासुको उपभोग बढी लाभदायक हुने पनि उनले हामीलाई बताए । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु