केरुङाको कालिका भगवती मन्दिरलाई युवा ब्यबसायी पान्डेद्धारा ११६,५८१ रुपैयाँ हस्तान्तरण

केरुङाको कालिका भगवती मन्दिरलाई  युवा ब्यबसायी पान्डेद्धारा ११६,५८१ रुपैयाँ हस्तान्तरण


अर्घाखाँचीडट्कम संवाददाता 

केरुङा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ४ केरुङामा रहेको कालिका भगवती मन्दिर कोटमा लागेको खर्च युवा ब्यबसायी यम पान्डेले हस्तान्तरण गरेका छन् ।


केरुङाको कालिका भगवती मन्दिर कोटमा लागेको खर्च कांग्रेस युवा नेता तथा युवा ब्यबसायी यम पान्डेले हस्तान्तरण गरेका हुन् ।  

यस्तै पान्डेका  बुवा ईश्वरीप्रसाद पान्डेलाई मन्दिर ब्यबस्थापन समितिले सम्मान गरेको छ ।  गत बर्ष युवा ब्यबसायी यम पान्डेले गत वार्षिक दशैको सम्पुर्ण पुजा खर्च आफूले मन्दिर ब्यबस्थापन समितिलाई हस्तान्तरण गर्ने घोषणा गरे अनुसार सो रकम हस्तान्तरण गरेका छन् । 

सामाजिक राजनीतिक क्षेत्रमा निकै सहयोग गर्दै आएका  काङ्ग्रेसका युवा नेता पान्डे काठमाडौं सुकेधारामा रहेको प्रशम्सा ईन्प्राईजेजका सन्चालक हुन् । 

पान्डेले १ बर्षसम्मको खर्च १ लाख १६ हजार ५ सय ८१ रुपैयाँ मन्दिर ब्यबस्थापन समितिलाई १ बर्षको खर्च हस्तान्तरण गरेका छन् ।

 

अन्य समाचारहरु