बेलायतमा अब कोरोना पोजेटिभ भए आइसोलेशन बस्न नपर्ने, कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने

बेलायतमा अब कोरोना पोजेटिभ भए आइसोलेशन बस्न नपर्ने, कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने

इंग्ल्याण्डमा आइसोलेशन बस्नुपर्ने नियम लगायत हाल लागू कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने भएको छ ।  बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज उक्त कुरा बताएका हुन् । प्रतिबन्ध कहिलेदेखि हटाइने भन्ने नतोकिएपनि यसै महिनाको अन्तसम्ममा कोभिड सम्बन्धि प्रतिबन्ध हटाइने जोन्सनले बताए ।

हालको नियम अनुसार कोरोना संक्रमित भएको पुष्टि भएमा कम्तिमा पाँच दिनसम्म अनिवार्य  आइसोलेशन बस्नुपर्ने नियम छ । कोभिड प्रतिबन्ध सम्बन्धि  पछिल्लो  नियमको म्याद आउँदो मार्च २४ मा समाप्त हुने भएपनि निर्धारित समय अगाडि नै यसको अन्त्य गरिन लागिएको हो ।

प्रतिबन्ध हटाउने बारेमा यसअघि पनि आवाज उठेको भएपनि यसको विरोध गर्नेहरुको संख्या पनि उत्तिकै रहँदै आएको थियो ।

बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण अत्यधिक रुपमा बढेपनि यसको असर कम देखिएको र संक्रमण दर क्रमश घट्दै गएपछि सरकारले सबै प्रतिबन्ध हटाउने तयारी गरेको हो ।

अन्य समाचारहरु