भगवतीको ढिकुरामा आमा समूहद्धारा तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न (तस्बिर सहित)

भगवतीको ढिकुरामा आमा समूहद्धारा तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव  गाउँपालिका वार्ड नं. ७ भगवतीको ढिकुरामा महिलाको महान चाड तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न भएको छ । 


भगवती आमा समूहको आयोजनामा बिहीवार तीजको दर खाने कार्यक्रम तथा जमघट कार्यक्रम सम्पन्न भएको हो । 
 

दर खाने कार्यक्रम तथा जमघट कार्यक्रममा तीजका गीतहरु गाएर रमाइलो गरिएको थियो ।   यस भगवती आमा समुहमा ५५ जना सदस्यहरु रहेका छन् । 

अन्य समाचारहरु