राजेश हमाल जस्तै देखिने नरपानीको घुम्ती घर भएका कलाकार शितल केसी सम्मानित

राजेश हमाल जस्तै देखिने नरपानीको घुम्ती घर भएका कलाकार शितल केसी सम्मानित

ç

हरि कुँवर

काठमाडौं । राजेश हमाल जस्तै देखिने कलाकार,   म्युजिक भिडियो तथा फिल्मका कलाकार शितल केसीलाई कला क्षेत्रमा योगदान दिएको भन्दै सम्मान गरिएको छ ।
 
काठमाडौंमा एक्टिभ इन्टरटेनमेन्ट प्रा.लिले गरेको कार्यक्रममा उनलाई ‘राष्ट्रिय कलाकार तथा सर्जक सम्मान २०७८’ बाट सम्मानित गरिएको हो ।

अर्घाखाँचीको घुम्ती नरपानीमा जन्म भइ साधारण गाँउले जीवन बिताएका विद्यार्थी जीवनमै "हिरो" भनेर चिनिन्थे ।  चलचित्र जाल ,आफन्त को माया ,पापी संसार , मेरो राजेश दाइ  लगाएत थुप्रै चलचित्रमा केसी ले दमदार अभिनय गरिसकेका छन । नायक शितल केसीले उक्त सम्मानबाट कलाकारिता संगै सामाजिक कार्यमा पनि थप उर्जा थपिएको बताएका छन ।   

कार्यक्रममा केसी संगै गायक शिव परियार,  गायिका वर्षा दास, निर्देशक देवेन्द्र पाण्डे लगायतका व्यक्तित्व लाई पूर्वशहरी विकास राज्यमन्त्री माहाविर मानन्धरले सम्मान गरेका थिए ।

अन्य समाचारहरु