अर्घाखाँचीका ६ वटै स्थानीय तहकाे सम्पूर्ण मत परिणाम सार्वजनिक

अर्घाखाँचीका ६ वटै स्थानीय तहकाे सम्पूर्ण मत परिणाम सार्वजनिक

सागर महत

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीका ६ वटै स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। ३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीका जिल्लामा ३ वटा पालिकामा नेकपा एमालेले प्रमुखमा विजयी हासिल गरेको छ। त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले दुई र राष्ट्रिय जनमोर्चाले एक पालिका प्रमुखमा विजयी भएका छन्। नेकपा एमालेले सन्धिखर्क, मालारानी र पाणिनीमा प्रमुखमा विजयी हासिल गरेको छ।


नेपाली कांग्रेसले शितगंगा र छत्रदेव तथा जनर्मार्चाले भूमिकास्थानमा प्रमुखमा विजयी हासिल गरेको छ। यसैगरि नेकपा एमालेले सन्धिखर्क,शितगंगा उप्रमुख र मालारानी, छत्रदेव गाउँपालिका उपाध्यक्ष र पाणिनीमा उपाध्यक्षमा विजयी हासिल गरेको छ। गठबन्धनका तर्फबाट माओवादीले भूमिकास्थानमा उपप्रमुखमा विजयी हासिल गरेको हो।अर्घाखाँचीका ६१ वटा वडा मध्ये एमालेले ३० वटा, कांग्रेसले २४ वटा, माओवादी केन्द्रले ४ वटा, राष्ट्रिय जनमोर्चा ३ वडामा विजयी भएका छन् ।

शितगंगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

अर्घाखाँचीको शितगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस र उपमेयर पदमा नेकपा एमाले विजयी भएका छन् ।नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल र उपमेयरमा एमालेकी गिता भाट विजयी भएका हुन् ।

पौडेलले मेयर पदमा १० हजार ७८ मत लिएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका बसन्त कुमार श्रेष्ठले ९ हजार ८९२ मत प्राप्त गर्नुभयो ।यस्तै, उपमेयरमा एमालेकी भाटले १० हजार २८८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका टिकाबहादुर रेश्मी मगरले ८ हजार ५७ मत प्राप्त गर्नुभयो ।

नगरपालिकाभित्र रहेका १४ वडा मध्ये कांग्रेसले ७ एमालेले ६ , नेकपा माओवादी केन्द्रले १ स्थानमा विजी भएको छ ।

२०७४ सालको चुनावमा कांग्रेसका मेयर सुर्य अधिकारीबाट करिब २ हजार मतले पराजित एमालेका बसन्त कुमार श्रेष्ठ पुनः अहिले पनि चुनावी मैदानमा रहेता पनि पराजित भएका हुनुभएको हो ।यता, २०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फबाट उपमेयर पदमा विजयी टिका बहादुर रेश्मी मगर अहिले एमालेकी उपमेयर गिता भाटसँग पराजित हुनुभएको हो ।

सन्धिखर्क नगरपालिकामा एमाले विजयी

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।मेयर पदमा एमालेका कृष्णप्रसाद श्रेष्ठले ११ हजार ३ सय ९३ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसकी शान्ता भण्डारीले ९ हजार ५ सय ३५ मत लिएर पराजित हुनुभएको हो ।यस्तै, उपमेयरमा नेकपा एमालेकी मिश्रा आचार्यले ९ हजार ८ सय ७५ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्र भुसालले ९ हजार ३ सय ४४ मत लिएर पराजित हुनुभएको हो । नगरपालिकाभित्र १२ वडा मध्ये कांग्रेसले ७, एमाले ४ र माओवादी केन्द्रले १ वडा जितेको छ ।२०७४ सालको चुनावमा कांग्रेसका कमलप्रसाद भुसालसंग ११ सय बढी मतले पराजित कुष्णप्रसाद श्रेष्ठ पुनः एमालेबाट चुनावमा लड्दा मेयर पदमा जित हासिल गर्नुभएको हो ।

भुमिकास्थान नगरपालिकाको मेयरमा जनमोर्चा र उपमेयरमा माओवादी केन्द्र विजयी

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चा र उपमेयरमा माओवादी केन्द्र विजयी भएका छन् ।संयुक्त गठबन्धनको तर्फबाट राष्ट्रिय जनमेर्चाका झविलाल थापाले ८ हजार ३ सय २४ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम थापाले ७ हजार ५ सय २४ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।यस्तै, उपप्रमुखमा संयुक्त गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले ७ हजार ५ सय ५८ मतका साथ विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी एमालेका बसन्ता पौडेलले ६ हजार ८ सय ६४ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।नगरपालिका भित्र रहेका १० वडा मध्ये नेकपा एमाले ४, नेपाली कांग्रेसले ३ ,राष्ट्रिय जनमोर्चा ३ ले वडा जितेका हुन् ।नगरपालिकामा एमाले बाट पराजित रेशम थापा २०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फ बाट मेयर पदमा निर्वाचित हुनुभएको थियो,भने थापा अहिले एमाले बाट चुनावमा लड्नुभएको थियो ।

अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमाले विजयी

अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका दलबहादुर भट्टराई र उपाध्यक्षमा दिपा पोखरेल निर्वाचित हुनु भएका छन् ।अध्यक्षमा भट्टराईले ८ हजार २८३ मत लिएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संयुक्त गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले ६ हजार ७२६ प्राप्त गर्नुभयो ।यस्तै, उपाध्यक्षमा एमालेकी पोखरेलले ८ हजार १५५ मत लिएर विजयी हुनुभएको हो । उहाँ निकटतम प्रतिद्वन्द्वी संयुक्त गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सोभाखर खनालले ६ हजार ६५७ मत प्राप्त गर्नुभयो ।एमालेले गाउँपालिका भित्र रहेका ९ वडा मध्ये ७ वडामा विजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले २ वडामा जितेको छ ।

छत्रदेव गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।गाउँपालिका अध्यक्षमा कांग्रेसका चन्द्रमान श्रेष्ठले ७ हजार ४ सय ७ मत प्राप्त गरेर विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका दिपक पन्थीले ७ हजार २ सय २४ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।यस्तै, उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मनी पन्थीले ७ हजार ५ सय १९ मत लिएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार इन्दिरा भुसालले ७ हजार २ सय ३५ मत मत लिएर पराजित हुनुभएको हो ।२०७४ सालको स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ६ वडा जितेको कांग्रेसलाई अहिले सोहि गाउँपालिकामा ठुलो धक्का लागेको छ । अहिले गाउँपालिका अध्यक्ष सहित ३ वडा मात्र कांग्रेसले जितेको हो भने नेकपा एमालेले गाउँपालिका उपाध्यक्ष सहित ५ वडा जितेको छ ।गाउँपालिका भित्र ८ वडा रहेका छन । कांग्रेसको अधिवेशनबाट जिल्ला सभापति बनेका केशव श्रेष्ठको वडामा पनि कांग्रेस वडा अध्यक्षमा पराजित भएको हो ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।नेपाली कांग्रेसलाई हराउँदै अध्यक्ष पदमा टेकराज न्यौपाने र उपाध्यक्ष पदमा नर्मदा पौडेल विजयी हुनुभएको हो ।गाउँपालिकामा निर्वार्चित न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अच्युत गौतमले ७ हजार २८ मत ल्याउनुभएको हो ।यस्तै, उपाध्यक्षमा पौडेलले ७ हजार ६ सय ६१ मत ल्याउनुभएको हो । 

उहाँका प्रतिद्धन्द्धी कांग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ प्राप्त गर्नुभएको हो ।२०७४ सालको चुनावमा कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष अच्युत गौतमले ६ सय भन्दा बढी मत लिएर विजय हुनुभएको थियो । उपाध्यक्ष पदकी उम्मेदवार एमालेबाट चुनाव लड्नुभएकी लक्ष्मी गौतम एमालेबाटै निर्वाचित हुनुभएको थियो । अहिले गौतम कांग्रेसबाट चुनाव लड्दा पराजित हुनुभएको हो ।

अन्य समाचारहरु