अर्घाखाँचीभर पाक्न लागेको धानमा पानीले सोत्तर, किसान चिन्तित (तस्बिरहरु)

अर्घाखाँचीभर पाक्न लागेको  धानमा पानीले सोत्तर, किसान चिन्तित (तस्बिरहरु)


२०७८ कार्त्तिक १, सोमवारमा प्रकासित

अर्घाखाँचीडट्कम संवाददाता 

फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २०७८ कार्त्तिक १, सोमवार । अर्घाखाँची जिल्लामा दुई दिनदेखि लगातारको हावाहुरीसहितको वर्षाका कारण किसानको पाक्न लागेको  धानमा क्षति पुगेको छ । 


खाँचीकोटका सुर्य के.सीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार पाक्न लागेको  धानबाली हावाहुरीले नमज्जाले क्षति पुगेको छ ।


सन्धिखर्कको  बाँगी खोला फाट, फुदवाङ लगायत जिल्लाभर लगाएको पसाउन थालेको र काट्न तयार रहेको धान लडेको छ । यसले गर्दा पाकेको धानमा पनि क्षति पुगेको छ । “किसानहरुले धान क्षति भएको भनेर चिन्ता गरेका छन् ।"


बङ्गालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण अर्घाखाँचीमा शुक्रबारदेखि नै हावाहुरीसँगै पानी परिरहेको छ । पानीले ठुलो मात्र धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ ।

ज्ञान केन्द्रका कृषि अर्घाखाँचीका अनुसार धेरै ठाउँमा धान क्षति भएको विवरण आइरहेका छन् । सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका,     पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाकाका कृषि शाखाहरुबाट क्षतिको विवरण बुझ्ने काम भइरहेको पनि बताइएको छ । 

अन्य समाचारहरु