ढिकुरामा ढिकुरा साना किसान कृषि सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न (तस्बिरहरु)

ढिकुरामा  ढिकुरा साना किसान कृषि सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न (तस्बिरहरु)


पारस भट्टराई

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं ९ ढिकुरामा रहेको ढिकुरा साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 


ढिकुराको  श्री शारदा माध्यमिक विद्यालयमा ढिकुरा साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । 


उक्त कार्यक्रमको प्रमुख अतिथि ढिकुरा कै वार्ड अध्यक्ष नारायण खनालको आतिथ्यमा सम्पन्न भएको थियो । 

 उक्त कार्यक्रमको संचालक सोही सहकारीकी कर्मचारी रिता सुनारले गरेकी थिइन् ।  अन्य अतिथिको रुपमा सहकारीकी अध्यक्ष मिना भट्टराई, कर्मचारी मदन गैरे र  बिशिष्ट ब्यक्तिहरुको उपस्थित रहेको थियो। 


उक्त कार्यक्रमबाट आफ्नो बार्षिक प्रगति बिबरण मिना भट्टराईले बताउनु भयो। आयव्ययको बिबरण मदन गैरेले बताउनु भएको थियो। उक्त सहकारीले पशु‌ बिमा कार्यक्रम समेत संचालन गरी पिडितलाई रकम समेत सोही कार्यक्रममाबाट बितरण गरिएको थियो।


 बिमाको काम र परिचय बारेमा सिटिजन लाईफ इन्स्योरेन्स अर्घाखाँची शाखाका प्रमुखले प्रष्ट पार्नुभयो । उक्त सहकारीले पशु‌ पालन, कुखुरा पालन, बंगुर पालन,हास पालन र तरकारी खेती जस्ता कृषि कार्यहरुमा समेत कृषकलाई अनुदान दिने बताइएको छ । 

अन्य समाचारहरु