ठुलापोखराको अर्टारी गाँउमा बाघको आतंक, स्थानीयबासीहरु त्रसित

ठुलापोखराको अर्टारी गाँउमा बाघको आतंक, स्थानीयबासीहरु त्रसित

ç

युबराज टण्डन

ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालिका वार्ड नं ७ ठुलापोखरास्थित अर्टारी गाँउमा पछिल्लो समय बाघको आतंक बढेको छ । 

                                                                                       ठुलापोखरा । फाइल तस्बिर

सधैजसो बाघले घरमा पालेको जनवारहरुमा आक्रमण गर्दा स्थानीयबासीहरु गाउँमा बस्नपनि त्रसित भएका छन् ।

शुक्रबार दिउँसोपनि अर्टारीस्थित चन्द्रामणी पान्डेको गोठमा रहेको बेउनी गाई र बाछी खाएको पीडितले बताएका छन् । यसरी दिनमै गोठमा बाघले आक्रमण गरि गोठ नै रित्तो गराइदिदा गाँउलेहरु दिनमा मेलापात गर्नपनि त्रसित भएका छ्न । गाँउलेहरुका अनुसार बाघ दिनमा गाउँ नजिकैको झाडिमा बस्ने र दिन र रातको समयमा घरमा पालेका जनवारहरुलाई आक्रमण गर्ने गरेको पाइएको छ ।

त्यसैले बाघबाट मानवीय क्षेती नहोस भन्दै स्थानीयाले बाघ नियन्त्रणको लागि गाउँपालिकालाई अनुरोध गरेका छन् ।

अन्य समाचारहरु