अर्घाखाँचीकी २ छोरा छोरी छोडेर भारतबाट बेपत्ता महिला नेपालमा फेला परिन्, भनिन् माईती घर छु

अर्घाखाँचीकी २ छोरा छोरी छोडेर भारतबाट बेपत्ता महिला नेपालमा फेला परिन्, भनिन् माईती घर छु
 


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको पानडाँडा घर भएकी भारतको चन्ढिगढबाट बेपत्ता महिला फेला परेकी छिन् । 


भारतको चन्ढिगढबाट बेपत्ता नुवाकोटको पानडाँडाका सुभाष जिसीकी ३० वर्षिया पवित्रा न्यौपाने २ हप्तापछि संपर्कमा आएकी हुन् । पवित्राले नेपालको नम्बरबाट आफ्नो श्रीमानसँग कुराकानी गरेकी छिन् । श्रीमानसँगको फोन कुराकानीमा उनि आफ्नै बुवा मम्मीहरुसंग माईत रहेको भनेर बताएकी छन् ।   

भारतको चन्ढिगढ सेक्टर 31-D HOUSE NO-3187 मा बसोबास गर्दै आएकी पवित्रा गएको सेप्टेम्बर ६ तारिखको दिन श्रीमान ड्युटी गर्न गएको, ११ वर्षिया छोरी स्कुल गएको र  बर्ष ७ को छोरालाई म एकैछिनमा आउन्छु घरबाट हिंडेकी थिईन् । 

माईती घर ठाडा अमराइको सानो दहमा रहेको पवित्रालाई चिनेजानेको आफन्त, साथीकोमा खोजी गर्दा पनि संपर्कमा नआएकी भन्दै सुभाषले खिजो दिन नजिकको प्रहरी चौकीमा उजुरी गरेका थिए । 

अन्य समाचारहरु