चिदिकाको लामीडाँडामा भुकम्पको धक्काका कारण घरमा क्षति

चिदिकाको लामीडाँडामा भुकम्पको धक्काका कारण घरमा क्षति


निरु आचार्य नवरश्मी 

चिदिका, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर १ चिदिकाको लामीडाँडामा भुकम्पको धक्काका कारण घरमा क्षति पुगेको छ । 


चिदिकाको लामीडाँडाका हरि प्रसाद अर्यालको घरमा आज बिहान करिब ०६ बजेतिर आएको भुकम्पको धक्काका कारण क्षति पुगेको हो । 

लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टरको भुकम्प गएको थियो । जिल्लाका अन्य ठाउँमा भौतिक क्षति कम भएपनि चिदिकामा अर्यालको घरमा क्षति पुर्याएको छ । घरको एक भाग भत्किएको छ । भने परिवार विस्तापित भएका छन् । 

आर्थिक हिसाबले समेत बिपन्न रहेका अर्यालले स्थानीय निकाय, जिल्ला प्रशासन तथा विभिन्न सामाजिक अभियन्ता  समक्ष सहयोगको अपेक्षा गरेका छन्  ।

यस्तो बिषम परिस्थितिमा सबैजनाले आ आफ्नो ठाउँबाट सहयोग गर्न शिक्षिका प्रबीणा अधिकारीले आग्रह गरिन् । आफ्नो जन्मथलोमा परेको समस्यालाई काठमाडौं लगायत विभिन्न ठाउँबाट सहयोग अभियान सन्चालन गर्ने सोच बनाएको चिदिका काठमाडौं सम्पर्क समाजका सचिब समेत रहेका सामाजिक अभियन्ता सुभाष ज्ञवालीले जानकारी दिए । 

सहयोग अभियानमा कसैले जोडिन् ९८५७०३७१४२ मा सम्पर्क गर्न ज्ञवालीले सम्पुर्णमा अनुरोध समेत  गरेका छन् ।

अन्य समाचारहरु