ढाकावाङका कृषकलाई नेपाल लाइभस्टक सेक्टर इनोभेशनद्वारा औषधी तथा घाँसका बीउ हस्तान्तरण

ढाकावाङका कृषकलाई नेपाल लाइभस्टक सेक्टर इनोभेशनद्वारा औषधी तथा घाँसका बीउ हस्तान्तरण


टेकराज भुसाल

ढाकावाङ, अर्घाखाँची असार १० (अर्घाखाँचीडट्कम)  ।    अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर  १ र २ ढाकावाङ्गमा नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बिकेन्द्रीत आयोजना सहयोग इकाई, बुटवलले प्रगति कृषक सहकारी ढाकावाङ्गलाई औषधी तथा घाँसका बीउ हस्तान्तरण गरेको छ।


नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना बिकेन्द्रीत आयोजनाका अनुगमन मुल्याङ्कन अधिकृत लोकराज भुसालले प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङ्गका अध्यक्ष भुवानन्द भुसाललाई उन्नत जातका घासका बिरुवा, कृतिम गर्भधारणका सामाग्री तथा उपचार सेवाका औषधी हस्तान्तरण गर्नुभएको हाे।

साथै साेहि अवसरमा प्रगति कृषक सहकारी संस्था लिमिटेड  ढाकवाङ्गका पदाधिकारी, प्रगति  सामुदायिक बाेयर ब्रिडर हर्डका पदाधिकारीहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ।


अन्तरक्रियामा बाेल्दै आयोजनाका अनुगमन मुल्याङ्कन अधिकृत लोकराज भुसाल र प्राबिधिक सुन्दरलाल बि.क ले भुमिकास्थान नगरपालिका २ नम्बर वडामा बाख्राको जातिय तथा बंशसुधारको माध्यमबाट मासु उत्पादन र उत्पादकत्व वृद्धि गराउने उदेश्यका साथ सामुदायिक बोयर ब्रिडर हर्ड (नश्ल सुधार श्रोतकेन्द्र) स्थापना गर्ने बारे जानकारी दिनुभएको छ।


प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङ्गका अध्यक्ष भुवानन्द भुसाल (दुनाराम)ले आफुहरु यसप्रकारको कार्यक्रमबाट निकै उत्साहित भएको र किसानहरुको जीबिको पार्जनका लागि आयआर्जन मा यसबाट निकैसहयोग पुगी यस क्षेत्रका बाख्राहरुको जातिय बंशसुधारमा निकै परिबर्तन गराइ उत्पादन बढाउन सकिने भएकोले सहकारीले सबैसंग सहकार्य गरि आयोजनाको उदेश्य अनुसार कार्य गर्ने प्रतिबद्धता सहित आयोजनाप्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो।

अन्य समाचारहरु