बाँगीको आरुखोरमा वि.पी. स्मृति भवनको शिलान्यास

बाँगीको आरुखोरमा वि.पी. स्मृति भवनको  शिलान्यास


सहयोगी बि. सी. 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।    अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ५ बाँगीको आरुखोरमा  निर्माण हुन थालेको वि.पी. स्मृति भवनको आज एक समारोहका बिच शिलान्यास गरिएको छ । 


आज एक कार्यक्रमका बिच बैद्विक विधि अनुसार  नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक तथा स्थानियबासी  निर्मला क्षेत्रीले शिलान्यास गर्नु भएको हो । भवनको शिलान्यास गर्दै सचेतक क्षेत्रीले प्रदेश तथा केन्द्रीय सरकार दुबैले नेपालको संबिधान बाहिर गएर विधि प्रक्रिया बिपरित शासन संचालन  गरेकोले जनता बाट बिश्वास गुमाएको बताउनु भयो।

उहाँले लुम्विनी प्रदेश सरकार अल्पमतमा परेपनि नैतिकता गुमाएर सत्तामै बसिरहेको बताउदै तत्काल विश्वासको मतको सामना गरेर देखाउन  चुनौती दिनु भएको छ। 

    उहाँले प्रदेश बाट जिल्लाको बिकासमा आफुहरुले बजेट ल्याउन प्रयास गरेको भएपनी सबै बिकासको बजेट आफ्नै गोजि बाट ल्याएजस्तो गरेकोमा दुखेसो पोख्नु भयो।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य विष्णु क्षेत्री, जिल्ला आमन्त्रीत सदस्य ठाकुर प्रसाद पन्थी,शान्ती  मा.वि.का प्रधानाध्यापक मानबहादुर पाण्डे, जग्गादाताहरु बाबुराम खनाल, लोकबहादुर खनाल, बलाराम खनाल, बाँगी स्वास्थ्य चौकी प्रमुख जयलाल पन्थी, रिपोर्टस क्लबका प्रदेश संयोजक रामकुमार क्षेत्री  लगायतले मन्तब्य राख्नु भएको थियो । 

 कार्यक्रम नेपाली कांग्रेस बाँगीका सभापति मणिराम खनालको अध्यक्षता, सचिव नारायण प्रसाद भुसालको सञ्चालन र बाँगीका पुर्ब पार्टि  सभापति झबिन्द्र बहादुर खड्काको स्वागत मन्तब्यमा सम्पन्न भएको बताईएको छ।

अन्य समाचारहरु