अर्घाखाँचीमा आज मंगलवार १२ जनाले कोरोना जिते, ५१ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज मंगलवार १२ जनाले कोरोना जिते, ५१ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ५१ जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१६  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १६७  जना, भूमिकास्थान नगरपालिकामा ६८,     शितगंगा नगरपालिकामा १६,  मालारानी गाउँपालिकामा ४०,   पाणिनी गाउँपालिकामा १९,          र छत्रदेव गाउँपालिकामा ६  जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २९४३  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १२७८  जना, भूमिकास्थान नगरपालिकामा ५४९ जना,     शितगंगा नगरपालिकामा ३४५ जना,       मालारानी गाउँपालिकामा २८३  जना,  पाणिनी गाउँपालिकामा २३३   जना  र छत्रदेव गाउँपालिकामा २५५  जना संक्रमित रहेका छन् ।   

गएको २४ घण्टामा जिल्लामा १२ जनाले कोरोना जितेका छन् । साथै  जिल्लामा गत वर्षदेखि आजसम्म  २५५८ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १०९१ जना, भूमिकास्थान नगरपालिकामा ४६६ जना,  शितगंगा नगरपालिकामा ३१७ जना,   मालारानी गाउँपालिकामा २३२ जना,    पाणिनी गाउँपालिकामा २०६ जना   र छत्रदेव गाउँपालिकामा २४६  जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६८ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा ११,      पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

मंगलवारको  कोरोना विवरण यस्तो छ:  

अन्य समाचारहरु