अर्घाखाँचीका टाेपबहादुर रायमाझी सांसदबाट हटेपछि प्रचण्डमाथि खनिए भने; राजनीतिकाे निर्णय चुनावबाटै हुनेछ

अर्घाखाँचीका टाेपबहादुर रायमाझी सांसदबाट हटेपछि प्रचण्डमाथि खनिए भने; राजनीतिकाे निर्णय चुनावबाटै हुनेछ

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । नेकपा (माओवादी केन्द्र)ले सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्र पठाएपछि माओवादी त्यागेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि खनिएका छन्।


बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रायमाझीले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भएको बताएका छन्।

उनले आफूले चुनाव जित्न एमालेसँग सहकार्य गर्ने प्रचण्डले कथित दल त्यागको निहुँमा कानुनी डन्डा चलाउन नसुहाउने तर्क गरेका छन्।

रायमाझीले लेखेका छन्,‘जनभावनालाई अपमान गर्ने, निर्वाचन लाई प्राथमिकता नदिने, प्रतक्ष्य जननिर्वाचितहरू नरूचाउने प्रवृत्तिकाे परिणाम तपाईहरू संगै छ । राजनीतिकाे निर्णय चुनावबाटै हुनेछ ।’

रायमाझी तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्कर्षमा पुग्दा आफ्नो समूहमा आएका रायमाझीलाई ओलीले  मन्त्री बनाएका थिए।

मंगलबारमात्रै माओवादी केन्द्रले रायमाझीसहित, सहरी विकास मन्त्री प्रभु साह, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद खारेज गर्न संसद सचिवालयमा पत्र पठाएको थियो।

यो स्पेस विज्ञापनको लागि खाली छ । 

फागुन २३ गते सर्वोच्चले नेकपाको दर्ता खारेज गरेपछि उनीहरुले आफ्नो सांसद पद गए पनि माओवादी केन्द्रमा नफर्कने अडान लिएका थिए । माओवादी केन्द्रले अब उनीहरु आफ्नो पार्टीमा नफर्कने निश्चित भएको निष्कर्ष निकाल्दै उनीहरुको संसद सदस्यता खारेज गर्ने निर्णय गरेको हो।

उता टाेपबहादुर रायमाझी एमालेमा लागेपछि अर्घाखाँचीमा राजनीतिक भविष्य सुरक्षित गरेका छन् । रायमाझी र खड्का एमालेको केन्द्रिय कमिटीको सदस्य पदमा चयन भएका छन् । साथै रायमाझी नेकपा एमाले जनवर्गीय संगठनको प्रमुखमा चयन भएका छन् ।

रायमाझीले एका एक एमालेमा लाग्ने निर्यण लिनुको कारण अर्घाखाँचीलाई मानिएको छ । एमाले अर्घाखाँची जिल्ला कमिटीका एक सदस्यले नाम नलेख्ने सर्तमा भने; "अर्घाखाँचीमा माओवादीको अवस्था एकदम कमजोर रहेको र ढिलो चाडो निर्वाचन भएमा जिल्लाबाट चुनाव जित्न सहज हुने भएकोले रायमाझीले एमालेलाई रोजेका हुन् । जिल्लामा कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चापछि चौथो नम्बरमा माओवादी छ ।"

यस्तै ति नेताले भने; रायमाझी माओवादीमा लागेको भए जिल्लामा कुनै हालतमा पनि चुनाव जित्न सक्ने अवस्था छैन् । अब एमालेमा चेत नारायण आचार्य र रामजी घिमिरेलाई प्रदेश र आफुलाई प्रतिनिधिसभामा उम्मेदवार दिन कसैले विवाद नै गर्दिनन् । तर जिल्लामा तेस्रो शक्ती राष्ट्रिय जनमोर्चासँग गठबन्धन गर्नुपर्छ, त्यो गर्दा राष्ट्रिय जनमोर्चालाई १ प्रदेश, एमालेलाई १ प्रदेश र प्रतिनिधिसभा दिएर बाम गठबन्धन भएमा सहज चुनाव जित्न सकिने छ । अर्को तर्फ रायमाझी माओवादीमा लागेको भए कांग्रेससँग तालमेल गर्न परेमा माओवादीलाई कांग्रेसले प्रतिनिधिसभा दिदैनन् । कांग्रेसले दिने भनेको प्रदेश हो यो भनेको अर्घाखाँचीमा माओवादी- कांग्रेससँग तालमेल गर्ने शत प्रतिशत असंभव छ । यस कारण टाेपबहादुर रायमाझीले एमालेमा लागेका हुन् । प्रचन्डबाट पटक-पटक धाेकाका पाएकाे कारण होइेन् ।  

अर्घाखाँचीडट्कमको पुरानो रेकर्ड अनुसार २०१७ सालको कात्तिकमा अर्घाखाँचीको अर्घा फलेपतमा जन्मिएका टोपबहादुर रायमाझीले २०७० म‌सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत नेकपा माओवादीका तर्फबाट  १२२८६ मत प्राप्त गरेर विजयी भएका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले ११२३४ मत ल्याएको छ भने एमाले १०२४० मतका साथ तेश्रो स्थानमा रहेको थियो । रायमाझीले  प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. राम बहादुर वि.सी.लाई करीव एक हजार मतले पराजित गर्दै विजयी भएका थिए । यस्तै २०७४ मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन (नेकपा माओवादी केन्द्र)बाट प्रतिनिधि सभा सदस्यमा टोप बहादुर रायमाझी ले ५०८३७ मत लिई विजयी भएका थिए । रायमाझीले  कांग्रेसका उम्मेदवार डा. राम बहादुर बि.सीलाई १८,२९३ मन्तारले जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बि.सीले ३२,५४४ मत पाएका थिए । प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर विसीलाई द्रोसो पटक पनी पराजय गरेका थिए । डा. वि.सी २०७० सालमा झिनो मतान्तरले पराजय हुदैँ रायमाझीले जित हात पारेका थिए । यस्तै २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा रायमाझी अर्घाखाँची १ बाट सांसद भएका थिए । 

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई विलयपूर्वको अवस्थामा पुर्याएको थियो। केन्द्रले फागुन २९ गते, चैत्र १ गते र त्यसपछि एक पटक गरि तीनपटक यी मन्त्रीहरुलाई पार्टीमा फर्किन निर्देशन दिनुका साथै आफ्नो धारणा पेश गर्न आग्रह गरेको थियो। 

अन्य समाचारहरु