इलामको साखेजुङकी भीमकुमारी लिम्बुले तिम्ल्याहा बच्चा जन्माइन्

twinsधरान - इलामको साखेजुङकी भीमकुमारी लिम्बुले मंगलबार तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। तिम्ल्याहामा २ छोरी र १ छोरा छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शल्यक्रियामार्फत् भीमकुमारीले तिम्ल्याहा जन्म दिएकी हुन्। जन्मिएका तीनवटै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका चिकित्सक डा. अजय अग्रवालको टोलीले शल्यक्रिया गरेको हो ।

भीमकुमारीका पति ५४ वषर्ीय बलबहादुर तुम्बापोका अनुसार उनलाई वैशाख ६ गते इलामबाट रिफर गरेर प्रतिष्ठान ल्याइएको थियो । जन्मिएकामध्ये एक छोरीको दुई केजी तीन सय ग्राम, अर्कीको दुई केजी दुई सय ग्राम र छोराको दुई केजी दुई सय ग्राम तौल छ। भीमकुमारीेले गत वर्ष मात्रै बलबहादुरसँग विवाह  गरेकी थिइन्। पति बलबहादुरले भने, 'भिडियो एक्सरे गर्दा तीन वटा बच्चा देखिएपछि चिन्ता लागिरहेको थियो, सबै सकुशल जन्मिएतर हुर्काउन समस्या छ।' 

प्रतिष्ठनका स्त्रीरोग विशेषज्ञ डा. मोहनचन्द्र रेग्मीले तीनै बच्चा महिना पुगेर जन्मिएकाले बाँच्ने सम्भावना रहेको बताए ।  ईकन्तिपुरमा समाचार छ ।

अन्य समाचारहरु