आज महाशिवरात्री | मुलुकभर आराध्यदेव भगवान शिवको पूजा आराधना गरी धुमधामका साथ मनाइदै

आज महाशिवरात्री | मुलुकभर आराध्यदेव भगवान शिवको पूजा आराधना गरी धुमधामका साथ मनाइदै

आज महाशिवरात्री पर्व। आराध्यदेव भगवान शिवको पूजा आराधना गरी मुलुकभर यो पर्व मनाईंदैछ ।

आराध्यदेव भगवान शिवको पूजाअर्चनाका लागि देशैभरीका शिवालायहरुमा श्रद्धालुहरुको घुँइचो लागेको छ। महाशिवरात्री पर्वको अवसरमा चितवन, नवलपरासी र तनहँको संगमस्थल देवघाटधामा ठूलो मेला लागेको छ।
 
त्रिशुली र कालीग48डकीको संगम वेनीमा स्नान गर्ने भक्तजनहरुको घुइचो लागेको छ भने देवघाटस्थित विभिन्न देवालयहरुमा पुजा गर्नेहरुको भीड छ। देवघाटमा स्नानका लागि गएका भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर देवघाट क्षेत्र विकास समितीले डुगाको व्यवस्था गरेको छ। उता, धरानमा पनि विभिन्न शिवालय मन्दिरहरुमा महाशिवरात्री पर्व धुमधामले मनाईदैछ। सुनसरीको धरान स्थित पि48डेश्वर बाबाधाममा आज विहान ४ बजेदेखि नै भक्तजनहरुको भीड लागेको छ। सुनसरी लगायत धनकुटा, सिराह, सप्तरी, मोर झापा र भारतबाट पनि भगवान शिवलाई जल चढाउन तथा पूजा अर्चना गर्न श्रद्धालु भक्तजनहरु पि48डेश्वर वावाधाम आएका छन्। उता, महाशिवरात्री पर्वको अबसरमा नेपालगंजको प्रसिद्ध मन्दिर बागेश्वरीमा दर्शनार्थीहरुको घुँइचो लागेको छ।
 
बाँके, बर्िर्दया, सुर्खेत, दाङ, दैलेखलगायत आसपासका जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेत बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेवको दर्शनका लागि भक्तजनको घुँइचो लागेको हो। यता, रुपन्देही र पाल्पाको सिमा क्षेत्रमा पर्ने पाल्पा शिद्धबाबा र बुटवल शिद्धबाबा भनेर चिनिने दुई मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको दर्शन गर्न भिड लागेको छ। शिबरात्रीका अबसरमा आज रुपन्देहीको सेमलारमा रहेको नरेनापुर शिब मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भिड लागेको छ। सो स्थानमा शिबरात्रीको अबसरमा एक साता सम्म मेला लाग्ने गर्दछ। त्यस्तै रुपन्देहीको बसढिलुवा र पाल्पाको प्रभासमा पनि शिबरात्री मेला लागेको छ। यता, नुवाकोटमा पनि विभिन्न धार्मिकस्थलमा मेला लागिरहेको छ।
 

 
सदरमुकाम विदुर लगायत जिल्लाको प्रमुख धार्मिकस्थल देविघाट, बेत्रावती, लगायत स्थानमा रहेका शिवमन्दिरहरुमा ठूलो संख्यामा भिड लागेको छ। यसैगरी शिवरात्रीको अवसरमा व्रम्हकुमारी राजयोग सेवा केन्द्र बट्टारले बृहत कलश र्‍याली आयोजन गरेको छ। त्यस्तै, शिवरात्रीका दिन आज झापाका प्रमुख शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनको घूँइचो लागेको छ। झापाको दमकस्थित पवित्र पशुपति मन्दिर क्षेत्रमा दमकस्थित बेलडाँगी भुटानी शरणार्थीबाट समेत पूजा गर्न भक्तजनहरु आएका छन्। उता, प्राचीन तथा पुरातात्विक महत्व राख्ने महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेवको मन्दिर शिवालयहरुमा भक्तजनहरुको अपार भीड लागेको छ। जलेश्वर राजा जनकको राजधानी जनकपुरको दक्षिणद्धारको रुपमा रहेको पुराणमा वर्णित छन्। मेलालाई व्यवस्थित बनाउनका लागि जलेश्वरनाथ महादेव संरक्षण समितिद्धारा निःशुल्क स्वास्थ्य शिविर, आवास, खानेपानीको व्यवस्था गरिएको छ।
 
त्यस्तै, महाशिवरात्रीका पर्वका अवसरमा कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेको तौलेश्वरनाथ महादेवको मंन्दिरमा पुजाआजाका लागि भक्तजनहरुको विहानैदेखि घुईचो लागेको छ। सम्भवत नेपालकै ठुलो शिवलिंग रहेको यो मंन्दिरमा कपिलवस्तु, रुपन्देही, अर्घाखांची तथा भारतको सिर्द्धाथनगर र बलरामपुर लगायतका जिल्लाबाट पनि भक्तजनको घुइचो लागेको छ। उता, कैलालीको धनगढीस्थित पशुपति मन्दिर, धनगढीकै उत्तरवेहडीमा रहेको शिवपुरी धाममा आज बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ। धनगढीको पुरानो मन्दिर मानिने पशुपति मन्दिरमा दर्शनार्थीहरुको बढी भीड लागेको हो। यता, पर्साको बाबा कोटेश्वर नाथको मेला सुरु भएको छ।
 
शिवरात्रिदेखि शुरु भएको मेला फागुन मसान्तसम्म चल्ने छ। मेलामा देशका विभिन्न जिल्ला तथा राष्ट्र भारत समेतबाट श्रद्धालु भक्तजनहरुको घुईचो लाग्न थालेको छ। त्यसैगरी वीरगंजको अलखीया मठमा श्रदालु भक्तजनहरुको बिहानदेखि घुइचो लागेको छ। त्यस्तै, कैलालीको अर्को प्रमुख शिव मन्दिर बेहडाबाबामा पनि भक्तजनहरुको घुँइचो लागेको छ। त्यस्तै कंचनपुरको शिवधाम, शिवमन्दिर र वैजनाथ मन्दिरमा पनि शिवरात्री पर्व भव्यताका साथ मनाइदैछ।
 
अछामको वैद्यनाथ मन्दिरमा पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लागेको छ। त्यस्तै डडेल्धुरा, डोटी, बझाङ्ग बैतडी, दार्चुलाका विभिन्न शिव मन्दिरहरुमा पनि शिवरात्रीको उत्तिकै भीड लागेको छ। 160उता, इटहरीको राधाकृष्ण शिव मन्दिरमा पनि भक्तजनहरुको चहल पहल बढेको छ। सुनसरी आसपासका क्षेत्रबाट राधाकृष्ण शिव मन्दिरमा भिड लागेको हो। त्यस्तै, शिबरात्रीको अबसरमा पर्वतका एक दर्जन भन्दा बढि शिवालयहरुमा भक्तजनहरुको घुँईचो लागेको छ। सदरमुकाम कुस्माबजारस्थित गुप्तेशवर गुफा, कटुवाचौपारीमा रहेको अलपेश्वर गुफा, शिबालयचोकमा रहेको शिबालय मन्दिर, मोदीवेणी, शालिग्राम शिला, पञ्चासे, डहरे लगायतका स्थानमा बिहानैदेखि पुजा आजा गर्न भक्तजनको घुइँचो लागेको छ। उता शिवरात्रीका अवसरमा लमजुङको इशानेश्वर करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा विविध कार्यक्रमका साथ तीन दिने करापुटार मेलाको आयोजना गरिएको।
 
इशानेश्वर मन्दिरमा यस बर्ष विविध धार्मिक कार्यक्रमका साथै साहित्यिक र खेलकुद कार्यक्रम पनि आयोजना गरिएका छन् । ईशानेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समिति, गाविस, आमा समूह, युवा क्लव र अन्य विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा शिवरात्री मेलालाई भब्य बनाइएको छ। रासस 

अन्य समाचारहरु