ठाडा डोहोटेका चार दर्जन भन्दा बढी भारतमा अलपत्र

ठाडा डोहोटेका चार दर्जन भन्दा बढी भारतमा अलपत्र

उमेश बन्जाडे

ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिका वडा नं. १२ ठाडा डोहोटेका करिब चार दर्जन भन्दा धेरै युवाहरु भारतमा अलपत्र परेका छन् । विभिन्न रोजगारीको शिलशिलामा गएका उनिहरु अलपत्र परेका हुन् ।

उनिहरु नेपाल फर्किन चाहेको तर लकडाउनको समस्याले गर्दा आउन पाएका छैनन् । भारतमा दिन प्रतिदिन लकडाउन बढ्दै गएको छ ।भएको अन्न पनि सकियोले गर्दा नेपाल फर्कन चाहेको रेशम बन्जाडेले बताए । उनका अनुसार भारतमा अलपत्र परेका मध्ये धेरैजसो डोहोटेका रहेका छन् ।

त्यसो त दुतावास स्थानिय सरकार सङ्ग उदारको लागि माग पनि गरेको हो तर कतैबाट पनि सहयोग र सुनुवाइ नभएको बन्जाडेको भनाई छ । बढ्दै गएको कोरोना भाईरसले कतै हामिपनि सङ्क्रमित त हुने हैनै उनिहरुको मनमा सधै यो डर छ । यदि कहि कसैले उद्वार गर्न चाहेमा रेसम बन्जाडे ६२८४२३७१६१ मा सम्पर्क गर्न उनिहरुले आग्रह गरेका छन । भरतमा थप तीन हप्ताको लागि लकडाउन थप गरिएको छ।

अन्य समाचारहरु