सिमलपानीका २ जना व्यक्ति भरुवा बन्दुक सहित कपिलवस्तुमा पक्राउ

सिमलपानीका २ जना व्यक्ति भरुवा बन्दुक सहित कपिलवस्तुमा पक्राउ


अर्घाखाँचीडट्कम संवाददाता 

सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीका २ जना व्यक्ति भरुवा बन्दुक सहित कपिलवस्तुमा पक्राउ परेका छन् ।  

सिमलपानीका ५० वर्षीय वीर बहादुर सोमै र २८ वर्षीय खेमु मगर शनिबार दिउँसो कपिलवस्तुको बाणगंगा नगरपालिका-२ को मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुक सहित  पक्राउ परेका हुन् ।

अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार उक्त जंगलमा केही व्यक्तिहरू बन्दुक सहित हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वीर बहादुरलाई खाली अवस्थामा रहेको १ थान र खेमुलाई लोडेड अवस्थामा रहेको १ थान भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको थियो । 

साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  
सिमलपानीका २ जना व्यक्ति भरुवा बन्दुक सहित कपिलवस्तुमा पक्राउ

अन्य समाचारहरु