याद राखौं (कविता )

 याद राखौं   (कविता )

पिताम्बर बन्जाडे

माथिमाथि चढ्नेहरू याद राखौं चढ्दाखेरि ।
फेरि उत्ति झर्नु पर्छ उचाईमा पुगेपछि ।।

गाह्रो हुन्छ टुप्पोमा गै हामफाल्नु पर्दा ।
सतहमै डेरा बनाऊँ पछि खस्नु भन्दा।

सानोठुलो धनीगरीव मानशान सौकात ।
एउटै कालले देखाइदिन्छ के हो ? सवको औकात् !!

कमाइधमाई रोवरवाफ करोडौंको गर्छ ।
आखिरीमा लाको बन्डी यतै छोड्नु पर्छ ।।

कति आए यो धर्तीमा के के गर्छौं ?भन्दै ।
आखिरीमा सवै गए सत्य राम्नाम् भज्दै ।।

कति आए कति गए देखिराछौं आँखैभरि ।
फेरि पनि होस नआउने अचम्मै छ बरै !!!
अस्तु: