अर्घाखाँचीका किसान बर्षातको प्रतीक्षा गर्दै मकै छर्ने तयारीमा

अर्घाखाँचीका किसान बर्षातको प्रतीक्षा गर्दै  मकै छर्ने तयारीमा

केशब राज ज्ञवाली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका किसानहरु मकै छर्नको लागि तयारीमा जुटेका छन् । लामो समयदेखि पानी नपरेता पनि उनिहरु बारीमा मल फाल्ने, मल पुर्ने लगायतका कार्यहरु गर्न ब्यस्त देखिएका छन् ।


हुनत लामो खडेरीका कारण खेतबारीहरु मरुभूमि जस्तै देखिन थालेका छन् तर पनि किसानहरु बैशाखको सुरुमा पानी पर्ने आशाले आफ्नो कर्म गरिरहेको देखिन्छ ।
 

मकै बाली नेपालको प्रमुख खाद्यान्न बाली भित्र पर्दछ ।मुख्यतया नेपालमा पहाडी क्षेत्रका बारिहरुमा चैतको अन्तिम साता देखि  बैशाखको सुरुमा मकै छर्ने गरिन्छ । प्राय सबै पहाडी बारिहरुको खेतिमा आकाशे पानीको भर पर्नुपर्ने अबस्था छ ।


बिग्रदो जलबायु परिवर्तन सगैं समयमा पानी नपर्नु , किसानहरुले समयमा बीउ मल पाउन नसक्नु लगायतका चुनौतिहरु नेपालमा  बिध्यमान छन् । सम्बन्धित निकायहरुले केही सुधारको प्रयास गरेतापनि थप सुदृढ देखिनुपर्ने अबस्था पनि कायम छ । यद्यपि विभिन्न चुनौती र समस्याका बाबजुत पनि किसानहरु आफ्नो कर्ममा खटेर लागेको देख्न सकिन्छ ।

अन्य समाचारहरु