४ किलो सुनसहित नेपालगन्ज एरर्पोटबाट २ जना पक्राउ

४ किलो सुनसहित नेपालगन्ज एरर्पोटबाट २ जना पक्राउ

कुलेन्द्र विक 

बाँके प्रहरीले ४ केजी सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

नेपालगन्ज एयरपोर्टबाट सुनसहित दुई पुरुषलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार श्री एयरमार्फत काठमाडौँबाट नेपालगन्ज आएका दुई जना यात्रुको साथबाट ४ किलो सुन बरामद भएकोछ । 

काठमाण्डौंबाट नेपालगन्ज आएका मोरङ जिल्लाका बुद्धिमान खाती र झापा जिल्लाका आमिर लगुमा विश्वकर्माका साथबाट ४ किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । 

पक्राउ परेका खाती र विश्वकर्माले आफूहरुले लगाएको जुत्तामा उक्त सुन लुकाएर ल्याएका थिए । 

अन्य समाचारहरु