देश बचाउँन अव आयो जन्ता बोल्ने पालो ( कविता)

देश बचाउँन अव आयो जन्ता बोल्ने पालो ( कविता)

पिताम्बर बन्जाडे

नेता बोले , बन्दुक बोले ,शक्तिसत्ता बोले ।
पूर्व देखाई पश्चिम ताके जन्तालाई भो खोले ।
तलदेखि माथिसम्म भ्रष्टाचारको जालो ।
देश बचाउँन अव आयो जन्ता बोल्ने पालो ।।

कोशी दुख्यो , गण्डक दुख्यो , महाकाली दुख्यो ।
नदुखेको कतै छैन उद्योगधन्दा डुब्यो ।
सुकिला र मुकिलाको भित्र रैछ कालो ।
देश बचाउँन अव आयो जन्ता बोल्ने पालो ।

नाम पनि यीनलाई चाहिने दाम पनि चाहिने ।
एक पुस्ताले नहुने रे तीन पुस्तालाई चाहिने ।
यीनको भर पर्दापर्दा हड्डी भयो कालो ।
देश बचाउँन अव आयो जन्ता बोल्ने पालो ।।

संघ खोले , संस्था खोले भर्ति गरे झोले ।
यी झोलेले बाउबाजेको पिठो पनि पोले ।
के ले जोड्ने हातमुख ? के ले जोर्ने टालो ?
देश बचाउँन अव आयो जन्ता बोल्ने पालो ।।

कोरोनाको महामारी कहरमा जन्ता ।
यीनलाई भने कमिशन र कुर्ची खेलको धन्दा ।
सत्रथरि गुट बनाई खाने आलोपालो ।
देश बचाउँन अव आयो जन्ता बोल्ने पालो ।।
अस्तु :